३१ असार, काठमाडाैँ । प्रसिद्ध संगीतकार काली प्रसाद बास्काेटालाई संगीत चाेरेकाे आराेप लागेकाे छ । बास्काेटाकाे भर्खरै बजारमा खाएकाे ‘समाचार’ नामक गीतमा अरुकै संगीत लिएकाे आराेप लागेकाे हाे । गायक तथा संगीतकार बिक्की महतले झण्डै दश महिना अगाडी रेकर्ड गराएको गीत ‘बुझाई देउन’सँग ‘समाचार’को संगीत मिल्न गएको उनले दाबी गरेका छन् ।महत बास्कोटसँग प्रतिलिपी अधिकारको विषयमा छलफलको लागी प्रयत्नरत छन् भने प्रहरी कार्यालयमा रिपोर्ट समेत दर्ता गराइसकेका छन् । प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा भने अहिलेसम्म यो रिपोर्ट पुगिसकेको थिएन । तर प्रहरी प्रशासनबाट चित्तबुझ्दो नतिजा नआएपछी सोमबार भने महत प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा पुगेका छन् । यसअघि पनि उनलाई ‘ईन्सटाँको फोटो’ भन्ने गीतमा उनलाई संगित चोरिको आरोप लागेको थियो।महतले प्रहरीमा दिएको उजुरीपत्र:


Your Views
Related News