बनेपा : ठेकेदारले किनिदिएको चालम सकिएपछि दाङको तुल्सीपुरस्थित घरमा हिँडेका परवीर ओली सिन्धुपाल्चोकबाट दुई दिन लगाएर काभ्रेको बनेपा आइपुग्नुभयो । सिन्धुपाल्चोकमा सडक नि’र्माणको काम गर्दै आउनुभएका तुल्सीपुर नगरपालिका वडा नं. १९ बिजौरी घर भएका ६१ वर्षीय ओलीले भन्नुभयो ।

कोठामा खा’द्यान्न सकिएपछि अब जसरी भए पनि घर पुग्नुको भएन ।” उहाँ एक महिनाअघि सिन्धुपाल्चोक पुग्नुभएको थियो । बाटामा खाना खाने सुवि’धा नभएपछि बनेपा आइपुगेपछि उहाँ भो’को हुनु परेन ।यता धादिङमा गणेश ईटा भ’ट्टामा काम गर्दै आउनुभएका कान्छामान तामाङ बालब’च्चासहित हिँडेरै दुई दिनमा बनेपा आइपुग्नुभएको छ ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नं. ८ स्थायी घर भएका उहाँ विगत दुई वर्षदेखि सो ईटाभ’ट्टामा काम गर्नुभएको र बन्दाब’न्दीका कारण काम नभएपछि घर फर्कनुभएको हो । उहाँले भन्नुभयो, “साहु पनि सम्पर्कमा छैनन, ना’इके पनि बे’पत्ता भए । खाद्यान्न किनेर खान पैसा स’कियो ।

उहाँ भक्तपुरको आफन्तको घरमा बस्न जाँदा घरपतिले बस्न नदिएको गुनासो गर्नुहुन्छ । सिन्धुलीको दुधौली नगरपालिका वडा नं. ५ जगाडीका चन्द्रबहादुर तामाङ भक्तपुरको चाँगुनारायणदेखि हिँडेर गाउँ त्यता जाँदै हुनुहुन्छ । उहाँलगायत दश जनाको समूह दुधौली हिँड्नुभएको हो ।

उहाँहरुसँग १४ जनाको समूह रहेकामा चार जनालाई एउटा गाडीले लगेपछि बाँकी हिँडेर जाँदैछन् । काठमाडौं टोखामा किराना पसलमा काम गर्दैै आउनुभएका सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नं. ४ का भिमसेन खड्काको पनि अवस्था उस्तै छ ।

ल’कडाउनले खाना र बस्न समस्या थपिदै गएपछि कोठा छोडेर हिँडेको उहाँले बताउनुभयो । बनेपा आइपुगेका करिव १०० जनालाई शनिबार स्थानीय व्यवसायीले खाना र पानीको व्यवस्था गरेका थिए । भोकभोकै बाटोमा हिँड्नेहरुको सङ्ख्या बढ्दै गएपछि आफूहरुले प्रशासनको अनुमतिमा

खाना र पानीको व्यवस्था गरेको सुधीर वैद्यले बताउनुभयो ।
काभ्रे उद्योग वा’णिज्य सङ्घ बनेपाको समन्वयमा पानस पार्टी प्यालेसले गत चैत २५ गतेदेखि नि’रन्तर खाना र पानीको व्यवस्था गर्दै आएको सङ्घका महासचिव कैलाश पलाञ्चोकेले बताउनुभयो । रासस


Your Views
Related News