म अलिक फरक प्रकारको सोच राख्छु र आज मेरो विशेष दिनमा साथीहरू रक्सी खुवाएर खुशी मनाउन मन लागेन, मेरो खुशीमा अरुको पनि खुशी खोजे मैले |

त्यसैले नेपाल बाहिर भएको कारणले गर्दा नेपालमा बस्नुहुने
काठमाडौमा मीरा के. सी दिदी र इटहरीमा बस्नुहुने Anita Basnet को सहयोगमा

२ वटा सस्था माया घर नेपाल र नवजीवन परोपकार समाज मा रहनुहुने शारीरिक र मानसिक रुपमा असक्तता हुनु भएको ६६ जना वृद्ध आमा बुवा र,महिलाहरु साथै स-साना नानीहरूलाई आजको भोजन गराउन पाए यसैमा खुशी छु । मेरो केक काटेर हुने खर्च उहाहरुको पेट भर्न पाए यसैमा खुशी छु, विशेष दिन झनै विशेष भयो ।

देश बिदेशमा बसेर मलाई जन्मदिनको शुभकामना दिनुहुने सम्पुर्ण मेरो आफन्त, साथीभाइ, अनि मेरो शुभ चिन्तक हरुलाई धेरै धेरै धन्यवाद !


Your Views
Related News