प्रस्तित मगर दुबई ।

संयुक्त अरब इमिरेष्ट युएईले विश्व भरी फैलिएको कोभिड-१९ अर्थात कोरोना भाईरसको महामारीको रोकथाम गर्नको नेपाललाई ७ मेट्रिक टन स्वास्थ्य सुरक्षा सामाग्री सहयोग पठाएको छ । युएई स्थित नेपाल राजदुतावास साथै युएईकै स्थानीय समाचार संस्था खालिज टाईम्सले जानकारी दिएको अनुसार उक्त स्वास्थ्य सामाग्रीले कोराना भाईसरको उपचारमा खटिएका ७ हजार चिकित्सकहरुलाई पुग्ने जनाएको छ ।

युएईले हालको कोरोना महामारीको संकट संग सामना गर्न नेपाल लगाएत ३२ देशमा ३ सय ३३ मेट्रिक टन स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरिसकेको जनाएको छ।
नेपालका लागी युएईका राजदुत सईद हमदान अल नकबीले हालको महामारीको सामना गर्न सबै देशहरुलाई सक्दो सहयोग गर्ने योजनाअनुरुप युएईले नेपाललाई पनि सहयोग गरेको बताउनुभएको छ ।

यो संकटको समयमा सहयोगको माध्यमबाट एकजुट भए मात्र संकटबाट बाहिर जान सकिने उहाँको भनाइ छ ।


Your Views
Related News