काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शुक्रबार बालुवाटारमा एक घण्टा भन्दा लामो भेटवार्ता भएको छ।

भेटमा देउवाले सञ्‍चारमाध्यममा आएको समाज वा,दीका सांसद डा. सुरेन्द्र यादव ‘अ,पहरण’बरेमा सत्यतथ्य छा,नबिन गर्न आग्रह गरेको जानकारी प्राप्त भएको छ। ‘अ,पहरण’मा परेका भनिएका सांसद यादव प्र,करणमा सांसद महेश बस्नेत, किसान श्रेष्ठ तथा पूर्व प्रहरी महानिरीक्ष सर्वेन्द्र खनालसहित प्रधानमन्त्रीको पनि नाम जोडिएकाले उचित छा,नबिन गर्न देउवाले आग्रह गरेका हुन्।

सोमबार जारी भएका दुई अध्यादेश राजनीतिक दल विभाजनसम्बन्धी र संवैधानिक निकायमा नियुक्तिसम्बन्धी अध्यादेश फिर्ता गरिएपछि प्रधानमन्त्री निम्तोमा देउवा बालुवाटार पुगेका हुन्। देउवाले अध्यादेश फिर्ता गरेकोमा धन्यवाद दिँदै सांसद यादव प्र,करणमा मुछिएकालाई का,रवाही गर्नै पर्ने अडान राखे।

भेटका क्रममा देउवाले कुनै पार्टी फुटाउनसरकारले अध्यादेश ल्याउनु ग,लत रहेको बताउँदै यसले समाजमा राजनीतिबारे गलत सन्देश गएको भन्दै ओलीसँग जानकारी मागेका बताइएको छ।

तर यसबारेमा प्रधानमन्त्री ओलीले आफूलाई जानकारी नभएको जवाफ दिएको देउवानिकट श्रोतले जनाएको छ। ओलीले आफ्नो नाम जोडेर कसैले ग,लत काम गरेको भए का,रवाही गर्ने बताएका थिए।

देउवाले प्रधानमन्त्री ओलीसँग सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश र संवैधानिक परिषद ऐन संशोधन अध्यादेश ल्याएपछि राजनीतिक द्वन्द्ध र अविश्वासको वातावरण बढेको अवस्थामा दुवै अध्यादेश फिर्ता गरेर संकट टारेको भन्दै खुशी व्यक्त गरेका थिए।

देउवाका सहयोगी भानु देउवाका अनुसार उनले प्रधानमन्त्रीलाई कोरोना भाइरसको महामारीका बेला चिकित्सकलाई पीपीई, परीक्षण किट लगायतका स्वास्थ्य सामाग्रीको अ,भाव हुन नदिई प,रीक्षणलाई तीव्र बनाउन आग्रहेका छन्।

देउवाले लकडाउनमा दैनिक उपभोग्य सामाग्री अभावमा हुँदा सर्वसाधरणले भोकभोकै हिँडेर घरसम्म जानुपरेको तर्फ इंगित गर्दै सरकारले जनतालाई राहत दिएर उनीहरुको छाक टार्ने व्यवस्था गरिदिन पनि अपिल गरेका छन्।

उनले भारतीय सीमामा क्‍वारेन्टाइन अवधि गुजारेर पनि कोरोना नदेखिएका सबै नेपालीलाई आफ्नो घरसम्म जाने वातावरण बनाइदिन पनि आग्रह गरेका छन्। विदेशमा रहेका नेपालीबारे चासो लिँदै देउवाले उनीहरुको जीवन रक्षाका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएको सहयोगी भानु देउवाले बताए।

देउवाका कुरा सुनिसकेपछि प्रधानमन्त्रीले लकडाउनका बेला जनतालाई राहत दिने कुरामा कुनै कसर बाँकी नराख्ने बताउँदै केही क,मजोरी भए सुधारेर अघि बढ्ने बचन दिएका थिए।


Your Views
Related News