थाहा छ भोलि संसार त्यागी जानू छ भनेर
तैपनी मानिस बस्दछ किन पैसा नै गनेर।

शान्त जीवन एकपेट खानु पसिना बगाइ
धनको चिन्ता राख्दछ सधैं रातभरी जगाइ
सकिन्छ जुवा तास र रक्सिमा बगेर
तैपनी मानिस बस्दछ किन पैसा नै गनेर।

परिवारसंग हासी र खुसी बितेको जिवन
चरीझै उडि खाएर हावामा रम्थ्यो यो मन
सकियो धन आफैंले आफ्नो खाडल खनेर
तैपनि मानिस बस्दछ किन पैसा नै गनेर।

सडकमा बसि कुर्दै छ काल हे प्रभु भनेर
अलिकति जोहो टार्न भनेर बस्दै छ
पानीको थोपा पनि रहन्न धाराको टुटिमा
तैपनी मानिस बस्दछ किन पैसा नै गनेर।
️✍️:अभिषेक अधिकारी


Your Views
Related News