काठमाडौं। पूर्वसभामुख कृष्णबहादुर महराले नेकपाभित्र देखिएको वि,वादबारे पहिलोपल्ट मुख खोलेका छन् । महराले बुधबार विज्ञप्ति जारी गर्दै पार्टीभित्र देखिएको वि,वादले आमजनता निरास बनेको उल्लेख गरेका छन् ।

मुलुक अहिले को,रोना भा,इरसको म,हामारीसँग जुध्नुपर्ने र राष्ट्रिय एकता आवश्यक परेका बेला सरकार सञ्चालन गर्ने दलभित्रै वि,वाद देखिनु राम्रो नभएको भन्दै उनले मिलेर जान आह्वान गरेका छन् ।

नेकपाभित्र वि,वाद पेचिलो बनिरहेका बेला महराको विज्ञप्ति आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । रोशनी शाही का,ण्डपछि लगभग सामान्य अवस्थामा पुगेका महराको विज्ञप्ति प्रधानमन्त्री केपी ओलीलाई सहज पार्ने गरी आउनुलाई आश्चर्य मानिएको छ ।

पछिल्लो समय महरा पुष्पकमल दाहाल प्रचण्डभन्दा पनि प्रधानमन्त्री ओलीसँग नजिकिएका छन् । जेलबाट निस्किएपछि गृहजिल्ला दाङ पुगेका उनले आफूलाई ब ला त्का र अभियोग लगाएर फ’साइ’एको दा’बी गरेका थिए ।

पछिल्लो समय सरकारले उनलाई गाडी उपलब्ध गराएको थियो। अहिले प्रधानमन्त्री वि,रुद्ध माहोल बनिरहेका बेला महराले भने भित्रभित्र ओलीलाई सपोर्ट गरेको स्रोतले बताएको छ ।

यस्तो छ महराको विज्ञप्ति

म,हामारीको रुपमा फैलिएको को,रोना भा,इरसले अहिले विश्व आ,क्रान्त बनेको छ। को,रोना भा,इरस सं,क्रमणबाट नेपाल पनि प्रभावित भएको छ। देश अहिले लकडाउनको अवस्थामा छ। अहिले मुलुकको अर्थतन्त्र निकै धराशायी अवस्थामा पुगेको छ। अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको छ। हालको अवस्थामा सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरस विरुद्ध सं,घर्ष गर्ने बेला हो।

मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्र देखिएको वि,वादले आम जनता नि,रास बनेका छन्। यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा वि,वाद देखिनुलाई राम्रो मान्न सकिदैन। दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न म हार्दिक अपील गर्दछु।


Your Views
Related News