काठमाडौं । सरकारले लकडाउन अबधिभर शहरी क्षेत्रमा घरभाडामा बस्ने भाडामा बस्नेसँग भाडा नमाग्न सबै घरधनीलाई आग्रह गरेको छ ।

बिहीबार मन्त्रिपरिषदको नि,र्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले विपतको बेला आर्थिक आयस्रोत गुमाएका भाडावालाहरुसँग घरभाडा नमाग्न घरधनीहरुलाई आग्रह गरेका हुन् ।

को,भिड–१९ को विषम परिस्थितिसँग जुधिरहेको सर्वसाधारण देखि उद्योग व्यवसायीहरुलाई समेत सम्बोधन गर्नेगरी आर्थिक प्याकेज ल्याएको सरकारले विभिन्न क्षेत्रमा काम गर्ने संगठित श्रमिकहरुलाई लकडाउन अवधिभर भाडा नमाग्न र पछि वातावरण सहज भएपछि माग्न अ,नुरोध गरेको हो ।

त्यस्तै, यसअघि सरकारले गरेको एक महिनाको घरभाडाको छुट दिन समेत संबन्धित घरधनीहरुलाई अपिल गरेको छ । यदि त्यसो नभएमा सरकारले कडाइका साथ अनुगमन गर्ने र आवश्यक परे का,रबाही समेत अगाडि बढाउने जनाएको छ । यसको जिम्मा स्थानीय तहलाई दिने नि,र्णय सरकारले गरेको छ ।

गत महिना को,रोनाको प्रारंभिक आर्थिक असर सम्वोधन गर्न भन्दै सरकारले ल्याएको आर्थिक प्याकेजमा शहरी क्षेत्रमा घरभाडामा वस्ने असंगठित श्रमिकहरुलाई एक महिनाको घरभाडा छुट दिन घरधनीहरुलाई सरकारले आग्रह गरेको थियो ।


Your Views
Related News