अभिषेक अधिकारी
अहिले को,रोनाको प्र,भाव र ल,कडाउनकाबीच छाक टार्न स,मस्या सबैलाइ भएको छ। तर धनुषाको शहीद नगरपालिका २ का चन्दर साहले वडा कार्यालयले वि,तरण गर्न लागेको राहत लिन गए ।

वडा कार्यालय पुगेपछि उनलाई दाल, चामल, नून, तेल भएको एउटा पोका दिइयो । भात खान पाइने भएपछि उनी ती सामग्री नयाँ उमंगका साथ घर ल्याए ।तर, उनको खुशी भने पोका खोल्नेबित्तिकै हरायो ।

पोकाभित्र दैनिक उपभोग्य सामग्री त थियो नै तर, त्यसभित्रका चामल र आलु कुहिएको पाइयो । ‘राहतको पोका लिएर खोलेर खाने हर्ष र त्यो उमङ जुन त्यो माटोमै मिसिएर गयो। राहतमा के छ भनेर हेर्न थाल्न साथ ’ साहले भने, ‘खोल्नेबित्तिकै चामल सडेको र आलु पनि कुहिएको पाइयो।

सडेको चामल र कुहिएको आलु राहत स्वरुप लिनेमा चन्दर मात्रै होइनन् । यो गाउँका चमेलीदेवी, नथुनी यादव, रामाशिष खत्वे, संजय साफी, जगदीश महरासहित धेरै व्यक्ति छन् ।

वडा कार्यालयले वितरण गरेको राहत सडेको र कुहिएको पाइएपछि उनीहरु आ,क्रोशित भएका छन् । साथै यस्तो लापरबाही भएको भन्दै वडा कार्यलय अगाडि नाराबाजी समेत पनि गरेका छन।


Your Views
Related News