स्याङजा : गण्डकी प्रदेशको क्षेत्रीय रक्त संचार केन्द्रमा रगत अभाव भएपछी स्याङजाको स्याङ्जाको वालिङमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । वालिङ नगरपालिकाको समन्वय तथा वालिङस्थित रेडक्रस सोसाइटीका उपशाखा एवम्‌ विभिन्न संघ-संस्थाहरुको संयुक्त आयोजनामा रक्तदान गरिएको हो ।

लकडाउनको का,रण रगत अ,भाव हुने, तर दैनिक डायलाईसिसको बि,रामीलाई नै न्यूनतम ३० युनिट रगत आवश्यक रहेको क्षेत्रीय रक्त संचार केन्द्रका वरिष्ठ प्राविधिक महेन्द्र केसीले बताए । केसीले भने, ‘१०० भन्दा बढी युनिट सं,कलन हुन सक्ने ठाउँमा रक्तदान कार्यक्रममा सहभागी भै रगत संकलन गरेका छौँ।’

बुधबार वालिङ नगरपालिकाको प्राङ्गणमा आयोजना गरिएको एकदिने रक्तदान शिविरमा १५१ पुरुष र २० महिलाले कूल १७१ यूनिट र,गत दिएका छन्‌। कार्यक्रममा र,गत दान गर्ने संचारकर्मी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको उल्लेख्य सहभागीता रहेको थियो । यसअघि पनि वालिङका विभिन्न संघ-संस्थाहरुले रक्तदान शिविर सञ्चालन गर्ने गरेका थिए। साविकमा भन्दा यसपटक धेरै यूनिट र,गत सं,कलन भएको छ।

का,रोना सं,क्रमणका का,रण निम्तिएको अ,प्ठ्यारो स्थितिमा र,गतको अ,भावलाई मध्यनजर गर्दै र,क्तदान गरिएको रेडक्रस सोसाइटी पेखु बाघखोर शाखाका सभापति विष्णुप्रताप खाँणले बताए। विशेष सुरक्षा सतर्कता र सामाजिक दुरी कायम गर्दै रक्तदान सम्पन्न गरिएको छ।


Your Views
Related News