प्रधानमन्त्रीलाई रवीन्द्रको कटाक्षः रिठ्ठाको बोट रोपेर कहाँ फल्छ र कागति?

काठमाडौंः साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा संवेदनशील नभएको आरोप लगाएका छन् ।

आज सामाजिक सञ्जाल ट्विटरमार्फत् संयोजक मिश्रले कोरोना नियन्त्रणमा ध्यान दिनुपर्ने अवस्थामा प्रधानमन्त्री  ओली पार्टीको आन्तरिक विवादमा व्यस्त रहेको आरोप लगाएका हुन् ।
‘कहिले अरूको पार्टी फुटाउन र आफू निरंकूश बन्न अध्यादेश ।
कहिले संविधानमैँ व्यवस्था नभएको व्यक्तिलाई प्रम बनाउन संविधान संसोधनको योजन’ उनले ट्विटर लेखका छन्, ‘लकडाउन खुकुलिने वित्तिकै कोरोनाले अझै गर्न सक्ने
खतरनाक आक्रमणको विषय त कहाँ हो कहाँ! धन्न मेरो देश । रिठ्ठाको बोट रोपेर कहाँ फल्छ र कागति?’


Your Views
Related News