काठमान्डौ ,को,रोना सं,क्रमितको संख्या लगातार बढेपछि बाँकेको नेपालगन्जमा भोलिदेखि क,फ्र्यु लगाउने नि,र्णय भएको छ ।सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार विहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घो,षणा गरेको हो ।

संघीय सरकारले जारी राखेको ल,कडाउनसंगै नेपालगन्ज उपमहानगरपालिकामा वैशाख २३ गते बिहान ११ बजेदेखि २५ गते मध्यरातिसम्म पूर्ण नि,षेधित क्षेत्र लागु गरिने प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए।

क,र्फ्यूको समयमा नेपालगन्जमा औषधी पसलवाहेक सबैखाले पसल, व्यवसाय खोल्न नपाइने प्रजिअ खड्काले बताए । बाँकेमा १६ जनामा को,रोना सं,क्रमण पुष्टि भएपछि प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालसहितको टोली सोमबार नेपालगञ्ज पुगेर कम्तीमा तीन दिन क,र्फ्यू लगाउन जिल्ला प्रशासनलाई सु,झाव दिएको थियो ।

नेपालगञ्जको अन्सारी मस्जिदका ६० वर्षीय मौलानामा वैशाख १९ गते को,रोना सं,क्रमण देखिएको थियो । त्यसको दुई दिनपछि उनीसंग सम्पर्कमा रहेका १५ जनामा पनि को,रोना सं,क्रमणको पुष्टी भएको हो ।


Your Views
Related News