काठमाडौं। नेपाल क,म्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्सको २०२ औं जन्म दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज (मंगलबार) विज्ञप्ती जारी गर्दै मानव जातिको मुक्तिका लागि यस युगका चिन्तक, दार्शनिक तथा महानायक कार्ल माक्र्सको २०२ औं जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले कार्ल माक्सले मानव जातिको इतिहासमा चिन्तकका रुपमा एउटा सहश्राब्दीलाई नै सर्वाधिक रुपमा प्रभावित पार्नुभएको बताउनुभएको छ । त्यस्तै कार्ल माक्र्सले मानव जातिको इतिहासलाई अध्ययन गर्ने मात्र नभइ, त्यसलाई बदल्ने विचार दिएको पनि बताउनुभयो ।

उहाँले भन्नुभएको छ, ‘आजको सहश्राब्दी चिन्तनको सहश्राब्दी, विचारको सहश्राब्दी, तीब्र परिवर्तनको सहश्राब्दीको रुपमा रहेको छ । यस सहश्राब्दीबाट प्राप्त ज्ञान, विचार र चिन्तनलाई श्रमिक वर्ग र मानव जातिको हितमा सदुपयोग गर्न यस अवसर म सबैलाई आव्हान गर्दछु ।

हाम्रो सन्दर्भमा आजको माक्र्सवाद देशबाट गरिबी हटाउने, जनताको जीवनमा सुख भर्ने, सामाजिक न्याय सहितको समानता कायम गरी मुलुकलाई समृद्ध बनाउने हो ।’


Your Views
Related News