काठमाडौं । नेपाल क,म्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बै,ठक भोलिदेखि सुरु हुँदैछ । स्थायी कमिटी बैठकको पूर्व तयारी स्वरुप नेकपाका विभिन्न पक्षका भेला, बै,ठक र छलफल चलिरहेका छन् । त्यसैक्रममा मंगलबार बेलुकी अ,सन्तुष्ट समूहका १९ स्थायी कमिटी सदस्यको बैठक बसेको छ ।

काठमाडौंमा जम्मा भएका १९ स्थायी कमिटी सदस्यहरुले विभिन्न विषयमा छलफल गरेका छन् । सरकारको कामको समिक्षा, अ,ध्यादेशलगायत सरकारले गरेका कामले पार्टीमा परेको न,करात्मक प्र,भाव र अबको विकल्पका विषयमा स्थायी कमिटी सदस्यहरुले छलफल गरेका हुन् ।

नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने, ‘हामीहरु हस्ताक्षरकर्ता २० जनामध्ये १९ जना बस्यौँ । देव गुरुङजी अनेत्र बै,ठक परेकाले उपस्थित हुनु भएन । हामीले को,रोना भा,इरसको नि,यन्त्रण तथा रो,कथामका लागि चाल्नुपर्ने कदम, सरकारका कामले पार्टीमा परेको न,करात्मक प्र,भाव, सरकारको काम गर्ने शैली लगायतका विषयमा छलफल गरेका छौँ । हामीले अहिल्यै प्रधानमन्त्रीको रा,जीनामा मागेका छैनौँ ।’

असन्तुष्ट सदस्यहरुले आजको सचिवालय बै,ठकमा प्रधानमन्त्रीको शैली, सच्चिएर काम गर्ने प्रतिवद्धतालगायतका कुरा हेरेर भोलिको स्थायी कमिटी बै,ठकमा कसरी प्रस्तुत हुने भन्ने तय गरेका छन् । गजुरेल भन्छन्, ‘हामीले उहाँ र उहाँ पक्षीय भनिएका साथीहरुको प्रस्तुती हेरेर स्थायी कमिटी बै,ठकमा प्रस्तुत हुने भन्ने विषयमा छलफल गरेका छौँ ।

सरकारको कामले पार्टीलाई ठूलो क्षती व्यहोर्नु परेको प्रष्ट छ । को,रोना वि,रुद्ध भन्दा पनि अनेत्र ध्यान सरकारको गएकाले ठिक ठाउँमा ल्याउनुपर्छ भन्नेमा हामी एकमत छौँ । सहमति अनुसार अगाडि नबढेमा चिज अर्को ठाउँमा पुग्छ ।’


Your Views
Related News