काठमाडौं, २ साउन । भारतको मध्य प्रदेशको छतरपुरका एक युवकको पेटबाट विभिन्न प्रकार चिजहरु निकालिएको छ, जसले केवल अपरेशनमा खटिएका डाक्टरहरु मात्रै होइनन्, दुनियाका सबैलाई आश्चर्यचकित बनाएको छ ।

इशानगरका ३० वर्षीय योगेश यादबको पेटबाट प्लास्टिकको पेन, बोरा सिलाउन प्रयोग गरिने सियो, ब्लेड, फलामको काँटी, लेदरका विभिन्न सामानलगाएत ३३ प्रकारका सामग्रीहरु निकालिएको हो ।

भारतीय संचारमाध्ययमका अनुसार योगेशको दुई दिन पहिले अत्याधिक पेट दुखाई भएको थियो । त्यसपछि उनी नजिकैको डाक्टर एमपिएन खरेको पास पुगेका थिए । त्यहाँ डाक्टरले बिरामी योगेशको पेटको एक्सरे गराए । त्यसपछि अपरेशन गर्नुपर्ने आवश्यक देखियो । अपरेशन गर्ने क्रममा योगेशको पेटबाट विभिन्न ३३ प्रकारका अखाध्य पदार्थ निकालियो ।

परिवारको भनाइ अनुसार योगेशको टाउको दुखिरहने समस्या थियो । उनको जे पायो त्यही उठाएर खाने नराम्रो बानी थियो । त्यसले गर्दा नै उनको पेटमा फलाम र प्लाष्टिकका विभिन्न सामान थुप्रिएपछि उनको पेट दुख्न सुरु गरेको थियो ।

अपरेशनपछि योगशको स्वास्थ्यावस्था पहिले भन्दा धेरै सुधार भएको बताइएको छ । अहिले डाक्टरहरुले योगेशलाई केही दिनसम्म आफ्नै निगरानीमा राख्ने फैसला गरेका छन् ।

योगशकी आमा सुष्मा यादबले भनिन्, ‘अपरेरशनपछि छोरा योगेशलाई भेटे । उनी पूरै ठीक अवस्थामा देखे । हामी कसैलाई थाहा भएन, उनले फलामको किला खान्छन् भनेर ।’

डाक्टर एमपीएन खरेले भने, ‘अपरेशन गर्न निकै मुश्किल थियो, तर सफल भयो । योगेशको पेटबाट सबै ती चिजहरु निकालियो । एक–दुई दिन पश्चात उनलाई अस्पतालबाट डिस्चार्ज गरिनेछ ।


Your Views
Related News