नेपाली भूमि हुँदै भारतले लिपुलेक जोड्ने सडक उद्घाटन गरेको प्रति सत्तारुढ नेपाल क,म्युनिस्ट पार्टी (नेकपा) ले ग,म्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा जारी गरिएको विज्ञप्तिमा भारतको यो कार्यले नेपालको सार्वभौमिकतालाई क,मजोर आँकिएको ठहर नेकपाले गरेको उल्लेख गरिएको छ ।

भारतले एकतर्फी रुपमा सुरु गरेको सडक नि,र्माण कार्य दुई देशका सरकारले उच्च तहमा गरेको उच्चस्तरीय संयन्त्रमार्फत सीमा वि,वाद समाधान गर्ने सहमति वि,परित रहेको नेकपाले बताएको छ । पार्टीले तत्काल सो क्षेत्रमा सडक निर्माण कार्य रोक्न र विषयलाई थप जटिल बनाउने ग,तिविधि रोक्न भारतलाई आ,ग्रह गरेको छ ।

सन् १८१६ को सुगौली स,न्धीअनुसार काली (महकाली) नदीको पूर्वपट्टी रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि रहेको सरकारले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । ‘यो तथ्यलाई नेपाल सरकारले विगतमा निरन्तर दोहोर्याउँदै आएको छ र पछिल्लो पटक नयाँ रा,जनीतिक नक्सा जारी भएको सन्दर्भमा भारत सरकारलाई पठाइएको कु,टनीतिक नोटमार्फत सन् २०१९ को नोभेम्बर २० मा पनि पुनः अवगत गराइएको थियो,’ विज्ञप्तिमा भनिएको छ ।

दुई देशबीचको लामो मैत्रिपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै सरकारले कु,टनीतिक पहल र वार्ताको माध्यमबाट सीमा वि,वाद समाधानका लागि गरेको पहलको नेकपाले समर्थन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेकपाले सीमा वि,वाद समाधान गर्नका लागि नेपाल र भारत सरकारलाई तत्काल कु,टनीतिक पहल गर्न आ,ग्रह पनि गरेको छ ।


Your Views
Related News