बहु धार्मिक ,बहुभाषिक ,बहु जाति, बहु सांस्कृतिक विविधताले भरिपुर्ण हाम्रो मुलुकमा आज भगवान गौतम बुद्धको मुर्ति बुटवल बेलाहियामा भएको तोड्फोडको घटनाले साच्चिकै सम्पुर्ण बुद्ध धर्ममा आस्था राख्ने बौद्ध मार्गीहरुलाई अत्यन्तै दुखित तुल्याएको छ । बुद्ध बौद्ध धर्मलम्बीहरुको आस्थाको केन्द्र बिन्दु मात्रै नभई यो हाम्रो देश नेपाल र नेपालीको शानलाइ विश्व ईतिहासमा चिनाउने गौरवको विषय हो भन्ने कुरा आत्मसात गरौं । यस्ता पाशविक तथा अमानवीय व्यवहारको जति नै घोर भत्सर्ना गरे पनि कम हुन्छ । सम्बन्धित निकायले बेलैमा गम्भीर ढंगले यस्ता मानवीय आस्थाको संवेदनशील विषयमा पुनर्विचार गरिएन भने सदियौ वर्ष देखि नेपाली नेपालीहरु बिच रहेको धार्मिक सहिष्णुतातामा यस घटनाले ठूलो अकल्पनीय दुर्घटना र धार्मिक युद्ध निम्त्याउन सक्छ । त्यसैले यस्ता क्रुर घटनामा संलग्न दोषीलाई तत्काल पत्ता लगाई अविलम्ब कार्वाही अघि बढाइयोस भनी अनुरोध गर्दै यस घटनालाई बेवास्ता गरिएको खण्डमा यसबाट हुन सक्ने गम्भिर दुर्घटनाको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकाय हुने जानकारी गराउदछु । थुजेछे ।

मेघप्रसाद वाईवा
अध्यक्ष
नेपाल तामाङ संघ दक्षिण कोरिया ।


Your Views
Related News