बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृ,त्यु भएका २५ वर्षीय युवाको को,रोना प,रीक्षणको रिपोर्ट पो,जेटिभ आएको छ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले भेरी अ,स्पतालमा गरिएको प,रीक्षणमा युवकमा को,रोनाभाइरसको सं,क्रमण देखिएको सेतोपाटीलाई बताए।

‘उहाँको रिपोर्ट पो,जेटिभ आयो, योसँगै को,रोनाबाट मृ,त्यु हुनेको संख्या दुई पुगेको छ,’ मन्त्री बरालले भने।

मन्त्री बरालले को,रोना सं,क्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य मन्त्रालयले तयार गरेको कार्यविधिका आधार मृ,तकको शव व्यवस्थापन गर्न नि,र्देशन दिएको जानकारी दिए। उक्त कार्यविधिमा नेपाली सेना, नेपाल प्रहरीलगायत सु,रक्षाकर्मीसहित मिलेर शवको अ,न्त्येष्टि गर्ने मन्त्री बरालले बताए।

योसँगै नेपालमा को,रोनाबाट दुई जनाको मृ,त्यु भएको छ। यसअघि गत बिहीबार मृ,त्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा को,रोनाभाइरसको पुष्टि भएको थियो।

आइतबार बिहान मृ,त्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए। उनी वैशाख ३० गते नेपाल आएका थिए।

भारतबाट आएका उनलाई सिधै क्वारेन्टिनमा लगिएको थियो।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक नागरेन्द्र साहका अनुसार उनी बसेको क्वारेन्टिनमा अरू ३८ जना पनि छन्।सेतो पाटि


Your Views
Related News