प्रधानमन्त्री केपीशर्मा ओलीले विदेशमा रहेका नेपाली नागरिकलाई सरकारले उद्धार गर्ने बताएका छन्।

सोमबार अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपाली नागरिकप्रति सरकार संवेदनशील रहेको बताए।

‘सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई समयमै उद्धार गर्छ,’ उनले भने, ‘आफ्ना नागरिकप्रति सरकार संवेदनशील छ। निश्चिन्त रहन म आग्रह गर्छु।’

भारतबाट क,ष्ट झेल्दै स्वदेश फर्केकाहरूबाट को,रोना म,हामारी फैलन मद्दत पुगेको पनि उनले बताए।

‘भारतबाट अनेक क,ष्ट झेल्दै घर फर्केकाबाट म,हामारी फैलनमा योगदान गरेको छ,’ प्रधानमन्त्रीले भने।

स्वदेश फर्कनेको अनिवार्य परीक्षण गरिनुपर्ने पक्षमा सरकार रहेको उनले बताए।

अझै नेपालमा केही समय को,रोना सं,क्रमण देखिने पनि उनले बताए। समुदायस्तरमा को,रोना थप विस्तार हुन नदिन सरकारले कदम चाल्ने प्रधानमन्त्रीको भनाइ छ।सेतोपाटी बाट साभार गरिएको


Your Views
Related News