काठमाडाैँ । नेपाल राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष विरबहादुर तामाङकाे प्रमुख आतित्थ्यतामा शुक्रबार भक्तपुरमा गायक अभिशेक तामाङकाे नयाँ गीत ”न त साम्सी धाेला माया”काे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ ।
कार्यक्रममा बिशिस्ट अतिथिमा नेपाल तामाङ घेदुङका महासचिव प्रविन कुमार बल र अतिथिहरुमा नेपाल तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाईवा, शुक्र दोङ,कर्मा लामा लगायतका व्यक्तित्वहरु रहेका थिए।तामाङ समुदायमा अहिले म्युजिक भिडियाे निर्माण गर्ने लहर नै चलेकाे छ । क्षणिक रहर पुर्याउनका लागि अहिले तामाङ समुदायमा म्युजिक भिडियाे निर्माण हुने गरेको भेटिन्छ । अहिले यसै विषयमा चाैतर्फी आवाज पनि उठिरहेकाे छ तापनि त्यस्तो परिपाटीमा म्युजिक भिडियाे निर्माण हुने क्रम भने चलिनै रहेकाे छ । ”न त साम्सी धाेला माया” म्युजिक भिडियाे प्रेम सम्बन्धसँग जाेडेर निर्माण भएको देखिन्छ । गायक अभिशेक तामाङ यस म्युजिक भिडियाेलाई धेरै भन्दा धेरै युवाहरुले मन पराउनेमा ढुक्क छन् ।उक्त भिडियोमा गहिरो मायाप्रेममा डुबेर नायक सागर घिसिङ र नव मोडल सुजीना गोलेले अभिनय गरेका छन् । म्युजिक भिडियो कै कारण अहिले सामाजिक सञ्जालमा साँच्चिकै नायक तथा मोडल सागर घिसिङ र नव मोडल सुजीता गोले बीच यथार्थमा पनि मायाप्रेम भएको हल्ला पनि चल्न थालेकाे छ । यस हल्लाको विषयमा सोधिएको प्रश्नमा नव मोडल सुजीना गोलेले मुख खोल्न नचाहनुको रहस्य के होला ?उनको चुप्पिले उनीहरुको प्रेम साँच्चिकै गहिरिएको पक्का हुन्छ । यता सगार घिसिङ भने म्युजिक भिडियाेमा जे देखिएकाे छ त्यो केवल अभिन य मात्र भएको र वास्तविकतामा त्यस्ताे हाेइन भनेर टार्दै आएका छन् । तामाङ समुदायमा निर्माण भएकाे कुनै पनि चलचित्रमा हाेस् वा म्युजिक भिडियाेमा हाेस् त्यसमा अभिन य गर्ने प्राय: नायक र नायिका बिच पछि- गएर विवाह भएकाे पनि पाइएको छ । त्यसकारणले पनि होला यी दुई जोडीको याे म्युजिक भिडियाेकाे पत्रकार सम्मेलनमा पत्रकारहरूले उनीहरुको प्रेम बास्तविक भए नभए प्रश्न गरेका थिए ।शब्द कुमार स्याङवाको रहेको उक्त गीतमा संगीत संयोजन गायक अभिषेक तामाङले गरेका हुन् भने गायक अभिषेक तामाङलाई सुमधुर स्वरकी धनी गायिका सृजना स्याङतानले साथ दिएकी छिन् ।<निर्देशनमा सोनाम पाख्रिन रहेको उक्त म्युजिक भिडियोको छायांकन सन्जीत श्रेष्ठले गरेका हुन् भने र ड्रोनको सम्पूर्ण कार्यभार सुरेश घिसिङले सम्हालेका छन् ।म्युजिक भिडियोको छायांकन भक्तपुर जिल्लाको अति नै रमणिय स्थान गुण्डु आसपास गरिएको बताइएको छ । भिडियाे हेर्न नभुल्नु हाेला ।


Your Views
Related News