काठमाडौं, आर्थिक बर्ष २०२१ को डिभी लोटरीको नतिजा सार्वजनिक भएको छ । न्युयोर्क समय अनुशार आज दिउसो १२ बजेदेखि डिभी लोटरीको नतिजा चेक गर्न सकिनेछ ।गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरी भरेकाहरुले आर्थिक बर्ष सन् २०२१ का लागि भरेको डिभी लोटरीको नतिजा २०२१ को सेप्टेम्बरसम्म चेक गर्न सक्नेछन् ।विजेताहरुले सन् २०२० को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न थाल्नेछन् भने सन् २०२१ को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्नेछ ।

अमेरिकी सरकारले आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेशन नम्बर सन् २०२१ को सेप्टेम्बरसम्म आफूसँग राख्नलाई सुझाव दिएको छ ।डिभी लोटरी परे नपरेको थाहा पाउने एउटामात्र तरिका आधिकारिक वेवसाइटमा गएर कन्फर्मेशन नम्बर हालेर स्टाटस चेक गर्ने हो ।चालु आर्थिक बर्षका लागि डिभी पारेकाहरुदे आगामी सेप्टेम्बरसम्म भिसा प्राप्त गरिसक्नु पर्नेछ । अन्यथा यो बर्ष परेको डिभी लोटरी अर्को बर्ष प्रयोग गर्न पाइने छैन ।डिभी लोटरी परे नपरेको चेक गर्न यहाँ क्लिक गर्नुहोला ।

भिडियो हेर्नुहोस,


Your Views
Related News