काठमाडौं, ३१ जेठ । अभिनेत्री मनिषा कोइरालाले आफ्नो भूमि प्रति दर्शाएको मायाको का,रण उनी हाल निकै चर्चामा छिन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत आज पनि नेपालको नयाँ नक्साबारे एक ट्वीट गरेकी छिन् ।

अभिनेत्री मनिषाले नेपालको संसदले देशको नयाँ नक्सालाई आधिकारिकता दिने गरी संविधान संशोधन गर्ने दिन सरकार वि,रुद्ध सडकबाट दवाव नदिन आ,ग्रह गरेकी छिन् ।

ट्विटरमार्फत उनले सरकार अहिले यति ठूलो कदम चाल्न लागिरहेको छ भन्दै आजकै दिन उनीहरु सरकारमाथि द,वाव दिन खोज्नु सुहाउने पक्ष नभएको बताएकी छिन् ।

केही समय अगाडि मनिषाले मन्त्रिपरिषदले नेपालको नयाँ नक्सा पारित गरेको समयमा त्यसको समर्थनमा ट्विट गरेकी थिइन् ।उक्त ट्विटलाई लिएर भारतमा उनको वि,रोध सुरु भएको थियो । भारतीय मिडियाहरु उनीमाथि खनिएका थिए । उनलाई भारतीय मिडियाहरुले भारतको खाएर चीनको गएको सम्मको आ,रोप लागएको थियो ।


Your Views
Related News