काठमाडौं, १२ असार । नेपाली कांग्रेसले नागरिकताका विषयमा सरकारले नेपालको संविधान २०७२ ले व्यवस्था गरे वि,परित कानून निर्माण गर्न खोज्नु संविधानको उ,ल्लंघन गर्नु बताएको छ ।

कांग्रेसको केन्द्रीय नीति, अ,नुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयोजनमा जिल्ला सभापतिहरुसँग विभिन्न विषयमा अन्तरसम्वाद गर्दै केन्द्रीय उपसभापति विमलेन्द्र नि,धिले यस्तो बताउनुभएको हो ।

त्यस्तै, उहाँले एमसीसी सम्झौताबारे नेपाली कांग्रेस पार्टी र संसदीय दलले नै समर्थन गर्ने नि,र्णय गरिसकेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘तर, सरकारले संसदमा कहिले प्रस्तुत गर्ने हो, त्यो सरकारमा बस्नेहरुकै जिम्माको विषय हो ।’

जुम बै,ठकमा जिल्ला सभापतिहरुसँग को,रोना सं,क्रमणको अवस्था, एमसीसी, सी,मा वि,वाद, नागरिकता विधेयकलगायतका समसामयिक विषय र पार्टीको अवस्था बारे छलफल भएको थियो ।

उक्त बैठकमा जिल्ला सभापतिहरु वीरबहादुर राना, दिनेश यादव, दीपन श्रेष्ठ, लवश्री न्यौपाने, नरनारायण शाह, बिष्णु लामिछाने, रमेश धमला, भुवन श्रेष्ठ, जीतनारायण श्रेष्ठ, लीला बोखिम, हरिप्रसाद वोहरा, भरतबहादुर स्वाँर, भेषबहादुर पौडेल, कविराज पण्डित, महेश शंकर गिरी, बैकुण्ठ न्यौपाने, नरेन्द्रकुमार केरुड., मधु आचार्य, रुद्र खड्का, महेन्द्र यादव, अजयकुमार द्विवेदी, प्रदीपकुमार सुनुवार, खिमप्रसाद भुसाल, नागेन्द्रकुमार राय, कृष्णप्रसाद यादव, केशरमान रोकाया, नन्दमणि राई, रामचन्द्र यादव, पेमा छिरिड. तामाङ, प्रदीप देउवासहितले उपस्थिति रहेको थियो । न्युज 24 नेपाल बाट


Your Views
Related News