काठमाडौँ:पूर्वगृहराज्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको खुलासा भएको छ ।पुष्प ढुंगानाले सोमबारको नयाँ पत्रिकामा समाचार मार्फत यो खुलासा गरेका छन । कडेँल आफैले भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी भन्ने प्रमाण त्यहीको एउटा कलेजको व्यवस्थापन समितिमा अध्यक्ष बनेका छन ।

कँडेल आफैँले भारतीय नागरिक घोषणा गरेर उत्तरप्रदेशको कलेज सञ्चालक समितिको अध्यक्षका रूपमा शपथ खाएपछि उनको दोहोरो नागरिकता लगायतको विषयमा छानविनको माग गर्दै अ,ख्तियारमा उ,जुरी परेको थियो ।आयोगले सोही उ,जुरीको आधारमा नेपाल प्र,हरीको सिआइबीलाइ कडेँलको सम्बन्धमा अ,नुसन्धान गर्न नि,र्देशन दिएको थियो ।

आयोगले सोही उ,जुरीको छानविनका क्रममा कडेँलका सम्बन्धमा विभिन्न तथ्यहरू बाहिर सार्वजनिक भएका छन । कडेँलले आफु भारतीय नागरिक रहेको प्रमाण तयार पारी महाराजगन्जको ठुठीबारीस्थित राधादेवी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्षमा चुनाव लडेका हुन । कँडेलले भारतीय नागरिकका रूपमा भारतीय कानुनअनुसार शपथ खाएको प्रमाण पनि भेटिएको छ । यसबाट यनीसँग दोहोरो नागरिकता रहेको प्रष्ट भएको छ ।


Your Views
Related News