काठमाडौँ — तीन दिनअघि आफ्नो सरकार ढा,ल्न भारतीय राज्य सं,यन्त्रसहित आफ्नै पार्टीका नेताहरुले लागेको भन्ने अभिव्यक्ति दिएका प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी बैठकमै रा,जीनामा माग भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको राजी’नामा दिल्लीले नभई आफूले मागेको भन्दै राजी’नामाको माग गरेका थिए । उनले प्रधानमन्त्री ओलीको अभि’व्यक्तिको आधार के हो भन्ने पनि प्रश्न गरेका थिए ।

बैठकमा बोल्दै ब,रिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालले पनि प्रधानमन्त्री ओलीले रा,जीनामा माग गरेका छन् । शुक्रबार र शनिबार सी,मा स,मस्यालगायतका विषयमा केन्द्रीत भएको बैठक आइतबार प्रधानमन्त्री ओलीले आफ्नो सरकार ढलाउन भारत र भारतीय दुतावासले बै,ठकहरु गरेको भन्ने अभि’व्यक्ति दिएपछि रा,जीनामातिर मोडिएको हो । बै,ठकका लागि तोकिएको एजेन्डामा प्रवेश नगरी बैठक रा,जिनामामा केन्द्रीत भएको हो ।

बैठकको सुरुमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमले सरकारले काम गर्न नसकेको त्यसले पार्टीलाई ग,म्भीर धक्का लागेको भन्दै प्रधानमन्त्री ओलीले रा,जीनामा दिएर निकास दिन माग गरेको एक नेताले बताए ।भारतीय राज्यसंयन्त्र वा दुतावासले सरकार ढा,ल्न खोज्यो भनेर बोल्नुकै कुनै अर्थ नभएको भन्दै नेताहरुले पार्टीले प्रधानमन्त्री बनाएको र पार्टीले नै चाँहदा हटाउन सक्ने बताएका थिए ।source ekantipur


Your Views
Related News