काठमाडौं, ५ साउन । पछिल्लो समय धेरै युवाहरु सरकारी जागिरप्रति आकर्षित भइरहेका बेला उनीहरुको तलव सुबिधा कति हुन्छ भन्ने चासोको बिषय पनि बनेको छ ।

लोकसेवाको तयारीमा रहेकाले समेत सरकारी सेवा सुविधा र तलबलाई नै प्राथमिकतामा राखेका हुन्छन् ।

अहिले सबैभन्दा माथिल्लो तह मुख्य सचिवको तलव ६५,१३६ छ भने सबै भन्दा तल्लो तहको सरकारी कर्मचारी अर्थात कार्यालय सहयोगीको तलब नै १९ हजार ४ सय ७६ रुपैयाँ छ ।

आर्थिक वर्ष २०७६/७७ को बजेट अनुसार, अहिले सरकारी कर्मचारीले कति तलव बुझ्छन् त ? हेर्नुहोस् –

कसको तलब कति

मुख्य सचिव – ६५,१३६

सचिव – ६०,६७६

सहसचिव – ४७,३७७

उपसचिव – ४०,३८०

शाखा अधिकृत – ३५,९९०

नासु – २८,२००

खरिदार – २६,६४०

कार्यालय सहयोगी – १९,४७६


Your Views
Related News