पोखरा –नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कम्युनिष्ट सरकारको अपरिपक्वता र दम्भले गर्दा राष्ट्रियता इतिहाँसकै कमजोर बनेको बताएका छन् ।

पोखरोमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा.कोइरालाले दुईतिहाइको कम्युनिस्ट सरकारलाई देशको अस्मिता र राष्ट्रियतामाथि खेलवाड नगर्न चेतावनी दिए ।

सरकारका हरेक गतिविधीले अन्तर्राष्ट्रिय तहमा देशको छवि धुमिल हुँदै गएको डा.कोइरालाले बताए । उनले प्रश्न गर्दै भने, ‘भेनेजुयलाका राष्ट्रपतिका छोरा र मन्त्रीहरूलाई बोलाएर कम्युनिष्ट नेताहरूले के गर्न खोजेको हो ? यसले नेपालको छवि कहाँ पुग्छ ? अन्तर्राष्ट्रियस्तरमा के सन्देश जान्छ ?’

डा.कोइरालाले सरकारका अराजकताविरुद्ध सडक र सदनमा आगो बाल्नुपर्ने समयमा कांग्रेस आन्तरिक समस्या र द्वन्द्वमा अल्झिरहनु दुखद् भएको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले कांग्रेस पार्टीभित्रको झगडाले कम्युनिष्टहरूले बहुमत ल्याएको बताए । उनले पार्टीका वृद्ध नेताहरूले अब विश्राम नलिए १४औँ महाधिवेशनबाट विस्थापित गरिदिने चेतावनी दिए । कम्युनिस्ट सरकारले आफ्ना कार्यकर्ताहरूलाई जग्गा बाँड्न गुठी बिधेयक ल्याएको पनि बताए ।


Your Views
Related News