काठमाडौँ, ५ साउन । चर्चित निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको सम्बन्धले नेपाली फिल्मी नगरीमा ल्याएको तरङ्ग सेलाउन नपाउदै अर्को सनसनीपूर्ण खबर आएको छ । छबीले घरेलु हिंशा गरेको गरेको भन्दै प्रहरीमा उ*जुरी गरेपछि शिल्पाले छबीसंग डिभोर्सको फाइल पनि गरिसकेकी छिन । तर यति बेला छबी मात्र हैन शिल्पालाई पनि अर्को आपत आइपरेको छ ।

छवि ओझाकी ५३ वर्षिय जेठी श्रीमती हेमा ओझाले श्रीमान् ओझा र शिल्पाविरुद्ध बहुविवाहको उ*जुरी दिएकी छन् । दुई सन्तानकी आमा रहेकी उनले आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा बहुविवाहको उजुरी दर्ता गरेकी हुन् । चर्चित अधिकवत्ता स्वागत नेपाललाई वकिल राखेर उनले उ*जुरी दर्ता गरेकी हुन् ।

शिल्पा भन्दा अगाडी पनि दुई जनासंग विवाह गरिसकेका छबीलाई जेठी श्रीमतीले यति बेला बहुबिबाहको मुद्दा लगाउनु निक्कै रोचक रहेको छ । जेठी श्रीमती हेमाले बहुबिबाहको मु*द्दा लगाएपछि अब छबीलाई मात्र हैन शिल्पालाई पनि ठुलो तनाव सिर्जना भएको छ ।

यस्तो छ निवेदन :

०००

यो पनि

नेपालमा सोमबारदेखि भारी वर्षा हुने, सतर्क रहन मौसमविदको आग्रह

काठमाडौं, ५ साउन । मनसुनी रेखा नेपालतिर सर्दै आएको मौसमविदले जनाएका छन् । जसको प्रभाव नेपालमा सोमबारबाट देखिने छ ।

मौसमविद मञ्जु बासीले भनिन्, ‘मनसुनी ट्रफ घरी माथि घरी तल गरिरहन्छ । यो जहाँ रहन्छ, त्यहाँ बढी पानी पर्छ ।’

यसअघि दक्षिणतिर सरेको यो रेखा बिस्तारै नेपालतिर सर्दै आएको छ । यो रेखा सोमबार नेपाल भित्रिने र मंगलबार भारी वर्षा हुने मौसमविदको भनाइ छ ।

‘भोलि केही स्थानमा र पर्सि देशैभर डिस्टर्ब हुन्छ,’ मौसमविद बासीले भनिन् ।

भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने र खोलाहरुमा जल सतह बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।


Your Views
Related News