काठमाडौँ , ७ साउन । भदौ २७ गते देखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘लभ यू हमेशा’को टिजर सार्वजनिक भएको छ ।

युवन गुरुङले निमार्ण गरेको चलचित्रको मिलन गुरुङ सह–निर्माता हुन् ।

चलचित्रमा शिब ढकालको छायाकंन ,कमल राईको कोरियोग्राफी , एनवी महर्जनको द्धन्द र भाष्कर प्रधानको लेखन तथा निर्देशन रहेको छ ।

चलचित्रमा यशराज गरच, ऋचा थापा, फिजा योन्जन, शिशिर राणा, गोपाल ढकाल ,सुरज श्रेष्ठ, सौरभ श्रेष्ठ, गीता बर्मा, करुणा श्रेष्ठ, निराजन मेहत्ताा, पीटी योल्मो, प्रमिला राई, सल्देन तामाङ लगायतका थुप्रै कलाकारले अभिनय गरेका छन् ।

टिजर हेर्नुहोस् –
https://youtu.be/92PRWtDzrQE


Your Views
Related News