काठमाडौं – भारतलाई झड्का दिन चिनले नेपाली भूमिमा ११ खर्बको लगानी गर्ने भएको छ । यसलाई बर्तमान ओली सरकारको बिशेष रोहबरमा भित्र्याउन लागिएको बुझिएको छ ।

सरकारले प्रदेश नम्बर २ को महोत्तरीमा एक चिनियाँ कम्पनीको लागि २२ सय बिगाहा जग्गा भाडामा दिन लागेको पाइएको हो ।नेपालको हितमा नहुने र भारतलाई चिड्याउने कार्य हुने भन्दै रद्ध भएको यो प्रोजेक्टलाई ओली सरकारले फेरि अघि बढाएको छ ।

महोत्तरीको गौशाला नगरपालिकाको वडा नं ८ मा २२ सय बिगाहा जग्गामा हाइ टेक औद्योगिक पार्क निर्माण गर्ने तयारि भइरहेको छ । संघीय सरकारको अधिकार क्षेत्रभित्र सो विषय पर्छ । तर, गत पुस १७ गते महोत्तरी नगरपालिकाका मेयर महतोले चिनियाँ कम्पनीसँग उद्योगमन्त्रि मातृका यादबसंग सल्लाहकै भरमा सम्झौता गरेको खुलासा भएको छ ।

२२ सय बिगाहा जग्गामा करिब ११ खर्ब ५५ करोडको औद्योगिक पार्क बनाउने सम्झौता भएको पाइएको हो। जुन सम्झौतापत्रमा उद्योग मन्त्री र मन्त्रालयको सहमति रहेको देखिन्छ । यो रकम झन्डै नेपालको एक आर्थिक बर्षको बजेट बराबर हो ।

चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजना अन्तर्गत नेपालको प्रदेश—२ को महोत्तरी जिल्लास्थित गौशाला नगरपालिका वडा नं ८ मा हाइटेक औद्योगिक पार्क निर्माण परियोजनाका लागि गत पुस १७ गते द्धिपक्षीय सम्झौता भएको थियो ।

तर, मन्त्री यादवकै सल्लाहमा आफुले चिनियाँ कम्पनीसँग गरेको सम्झौता रद्ध गर्न मन्त्रालयबाटै पत्र आएपछि परियोजनाबारे अहिले आफु बेखबर रहेको नगरपालिकाका मेयर शिवनाथ महतोले बताए ।

गत पुस १७ गते ९१ जनवरी २०१९० गौशाला नगरपालिकाका मेयर महतो र चीनको तर्फबाट सान्सी दि शेङ्ग टाइम एग्रिकल्चरल टेक्नोलोजी कम्पनी लिमिटेडले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

चीनको होलिडे इन्टरनेसनल अपार्टमेन्टमा भएको भनिएको सो सम्झौतामा साक्षीको रुपमा नेपालका तर्फबाट नेपाल—चाइना डेभलपमेन्ट फोरमका मणि लामा, नेपाल एशोसिएट ल फर्मका बाबु नेपाल तथा चीनका तर्फबाट सान्सी तियानझिजिआओका वी शुसिन, सान्सी केपु ल फर्मका ली युचुआनले हस्ताक्षर गरेका छन् ।

झन्डै दुई तिहाईको ओली सरकारले रास्ट्रहित बिपरित र नेपाल भारत सम्बन्धमा नै खलल पर्ने गरि सम्झौता गरेको छ । यसले नेपाललाई ठुलो नोक्सान हुने देखिएको छ । भ्रस्टचार गरेको भन्दै आलोचना भइरहेको ओली सरकारले नेपाली भुमी नै चिनको जिम्मा लगाएको छ


Your Views
Related News