काठमाडौं, ८ साउन । भ्रष्टाचारलाई निर्मुल पार्छु भन्दै खोक्ने केपि शर्मा ओली नेतृत्वको सरकारले कुनैपनि हालतमा भ्रष्टाचारको अन्त्य गर्न नसक्ने भ्रष्टाचार बिरुद्धका अभियन्ता गंगाप्रसाद भट्टराईले ठोकुवा गरेका छन् ।

निर्मला ह*त्या का*ण्ड, सुन का*ण्ड, वाइडवडी का*ण्ड हुदै बालुवाटार काण्डसम्मको जालोमा फसेको यो सरकारले भ्रष्टाचारको अन्त्य त, के भ्रष्टाचारको बिरोधपनि गर्न नसक्ने अबस्थामा रहेको भट्टराईको तर्क छ ।

पछिल्ला केहि घटनाहरुको समिक्षा गर्दै उनले सरकारले भाई–भाई भिडाउने काम गरिरहेको प्रति आपति जनाए । जनतालाई यो सरकारका मन्त्रीहरु समेत समान्ती देख्छन्, यो कस्तो सरकार हो, यसले कसरी जनताको प्रतिनिधित्व गर्छः उनले प्रश्न गरे ।

अहिलेको सरकारलाई जनताले भ्रष्टाचारको अन्त्य गर भन्नु र जंगलबाट बाँदर ल्याएर मकैबारीको संरक्षणका लागि जिम्मेवारी दिनु एउटै कुरो भएको भन्दै उनले ब्यांगे समेत गरे ।


Your Views
Related News