काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको सम्पुर्णकाम काम असार मसान्तभित्रै सकिने बताएका छन् । शनिबार मदन भण्डारी फाउन्डेशनले काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा ओलीले जनताको जनवादनै पार्टीको सिद्धान्त भएको बताए ।सरकारमाथि विभिन्न पक्षबाट आलोचना भइरहेको स्विकार्दै प्रधानमन्त्री ओलीले दशैं सम्ममा सरकारको आलोचना समाप्त हुने दाबी गरे । नयाँ आर्थिक वर्षसँगै नयाँ गतिमा काम अगाडि बढ्ने र दशैंसम्ममा आलोचना समाप्त हुुने प्रधानमन्त्रीको भनाई छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा अहिले कसैले मास्क लगाएर हिँडेको नदेखेको समेत बताए ।‘काठमाडौंको सडक एक वर्षअघि र अहिलेको भिन्नता हेर्नुस्’ ओलीले भने, ‘निष्पक्ष ढंगले विचार गर्नुस् र भन्नुस् । मैले मास्क लगाउनु पर्दैन भनेको थिएँ । म प्रधानमन्त्री भएका बेला आधाभन्दा बढी जनसंख्या मास्क लगाएर हिँड्थ्यो, अहिले मास्क लगाएर कोही हिँड्दै हिँड्दैन ।’सम्बोधनकै क्रममा ओलीले आफूले पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न नदिने प्रतिबद्धता जनाए । सम्बोधनका क्रममा अधिकांश समय सरकारको सकारात्मक कामको चर्चा गरेका ओलीले ७ दशमलव १ प्रतिशतको आर्थिक वृद्धि ऐतिहासिक भएको र वर्षमा ४ सय वटा झोलुंगे पुल बन्ने विषय सामान्य नरहेको बताए ।


Your Views
Related News