काठमाडौँ, ८ साउन । चर्चित निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको सम्बन्धले नेपाली फिल्मी नगरीमा ल्याएको तरङ्ग सेलाउन नपाउदै अर्को सनसनीपूर्ण खबर आएको छ । छबीले घरेलु हिंशा गरेको गरेको भन्दै प्रहरीमा उ*जुरी गरेपछि शिल्पाले छबीसंग डिभोर्सको फाइल पनि गरिसकेकी छिन । तर यति बेला छबी मात्र हैन शिल्पालाई पनि अर्को आपत आइपरेको छ ।

छवि ओझाकी ५३ वर्षिय जेठी श्रीमती हेमा ओझाले श्रीमान् ओझा र शिल्पाविरुद्ध बहुविवाहको उ*जुरी दिएकी छन् । दुई सन्तानकी आमा रहेकी उनले आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा बहुविवाहको उजुरी दर्ता गरेकी हुन् । चर्चित अधिकवत्ता स्वागत नेपाललाई वकिल राखेर उनले उ*जुरी दर्ता गरेकी हुन् ।

शिल्पा भन्दा अगाडी पनि दुई जनासंग विवाह गरिसकेका छबीलाई जेठी श्रीमतीले यति बेला बहुबिबाहको मुद्दा लगाउनु चाही निक्कै रोचक रहेको छ । तर गत भदौबाट जारी भएको नया कानुनले गर्दा हेमाले त्यसो गरेको हुनसक्ने अनुमान गरिएको छ । जेठी श्रीमती हेमाले बहुबिबाहको मु*द्दा लगाएपछि अब छबीलाई मात्र हैन शिल्पालाई पनि ठुलो तनाव सिर्जना भएको छ ।

यहि विषयमा अधिवक्ता विजय कुमार बस्नेतसंग गरिएको कुराकानी हेर्नुहोस ।


Your Views
Related News