मुगु — छायाँनाथ रारा नगरपालिका–१० घट्टलेख गाउँकी १० वर्षीया रेश्मा भामलाई डाक्टर गोविन्द केसीले शनिबार बिहान जिल्ला अ,स्पताल ठिनीमा निःशुल्क देब्रे हातको अ,प्रेसन गरेका छन् ।तीन वर्षअघि रेश्मा गाई चराउन वनतिर जाँदा भीरबाट लडेर हात भाँच्चिएको थियो ।

आर्थिक अ,भावले हातको अ,प्रेसन गर्न नसक्दा जो,खिम अवस्थामै हिँडडुल गर्न बाध्य भएकी थिइन् । यत्रो वर्षसम्म छोरीको हात सञ्चो भएन । तराई लिएर औषधि गर्ने क्ष,मता हाम्रो भएन,’ रेश्माकी आमा दन्ता भामले भनिन्, ‘कताबाट भगवानजस्तै डाक्टर केसी भेटिए । निःशुल्क छोरीको हात अ,प्रेसन गरी दिए । अब मेरो छोरीको हात राम्रो हुने भयो नदुख्ने भयो ।’

नगरपालिका–७ बालै गाउँका १७ वर्षीय गगन भामको देब्रे खुट्टाको पनि डाक्टर केसी अ,प्रेसन गरेका छन् । एक वर्षअघि ल,डेर उनको खट्टाको पिडौला नजिकको हड्डी भाँचिदा घाउ भएको भित्री भागमा पि,प जमेर पाकेको यताउती हिँडडुल गर्न गा,ह्रो अवस्था थियो । डाक्टर केसी आएको थाहा पाएपछि उनी अ,स्पतालमा आएर चेक गराएपछि केसीले अ,प्रेसन गरेर खुट्टा सन्चो बनाएपछि भाम पनि खुसी भएका छन् ।

डाक्टरले मेरो तिघ्राको अ,प्रेसन गरेर सधैंको लागि सन्चो बनाइदिए,’ भामले भने, ‘एक वर्षदेखि घाउले मलाई सारै दुःख दिएको थियो अब निको हुने भयो । जुम्लाबाट २ दिन पैदलै मुगु आएका डाक्टर केसीले बिहीबार ४७ जना र शुक्रबार ३७ जनाको निःशुल्क स्वा,स्थ्य प,रीक्षणसहित दुई जनाको अ,प्रेसन गरिदिएका छन् ।

जिल्ला अ,स्पतालमा डाक्टर केसी आएको जानकारी पाएपछि जाँच गराउन महिला पुरुष बालबालिकाको चाप बढेको छ । डाक्टर केसी अस्पतालमा पुगेर बिरामीको जाँच र शल्यक्रिया सेवा दिन थालेपछि अ,स्पतालमा कार्यरत चि,कित्सक सहित स्वा,स्थ्यकर्मी उ,त्साहित भएका छन् । चिकित्सक नर्सहरुले केसीसँग सल्लाह सुझाव लिन पाएका छन् ।

शनिबार डाक्टर केसीले अ,स्पतालमा कार्यरत चि,कित्सक स्टाफ नर्सलगायत स्वास्थ्यकर्मीहरुलाई हड्डीको रोग विषयमा प्र,शिक्षण दिने जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख निर्मल नगरकोटीले बताए । आइतबार मध्याहृनसम्म फेरि बिरामीको निःशुल्क स्वास्थ्य प,रीक्षण गर्ने सोमबार डाक्टर केसी मुगुबाट फर्किने जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।


Your Views
Related News