सीमा जोडिएका मात्र होइन, मन जोडिएका देश पनि भारतका छिमेकी : मोदी

‘दक्षिण एसियाली ने:ताहरु विकासका क्षेत्रमा एक जुट भएर लाग्‍नुपर्छ’
काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सी:मा जो:डिएका मात्र नभएर मन जोडिएका सबै देश भारतको छिमेकी भएको बताएका छन् । शनिबार नयाँदिल्लीस्थित लालकिलामा ७४औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा स:म्बोधन गर्दै मोदीले जमिन र समुन्द्र दुवैबाट सीमा जोडिएका देशहरु भारतको छिमेकी भएको बताएका हुन् ।

उनले भने, ‘जमिनबाट होस्, वा स:मुद्रबाट हामी सबै छिमेकी देशसँग सम्बन्ध बलियो बनाइरहेका छौं, हामी छिमेकी देशसँग आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई पनि म:जबुत बनाइरहेका छौं ।’
दक्षिण एसियामा विश्वकै एक चौथाइ जनसंख्या रहेको उल्लेख गर्दै मोदीले यस क्षेत्रका ने:ताहरु एकजुट भएर विकासमा लाग्नुपर्ने बताए । यस क्षेत्रमा शान्ति स्थानिा भए मात्रै मानवताका लागि हित हुने पनि उनले बताए । मोदीले भौगोलिक सी:मा जो:डिएका देश मात्रै छिमेकी नहुने उल्लेख गर्दै भने, ‘आज हाम्रो भौगोलिक सीमा जोडिएका देश मात्रै छिमेकी होइनन्, ती देश पनि हाम्रा छिमेकी हुन् जो:सँग हाम्रो मन जोडिएको छ ।’

उनले पछिल्लो समय पश्चिम एसियाली देशहरुसँग भारतको सम्बन्ध मजबुत भएको पनि उनले बताए । यी देशमा ठू:लो संख्यामा भारतीय नागरिकहरुले काम पाएको उल्लेख गर्दै मोदीले त्यसको प्रशंसासमेत गरेका छन् ।


Your Views
Related News