तारकेश्वर नगरपालिका वडा नं ९ को बासुकी नाग टोलमा बहालमा बस्ने एक पुरुषमा कोरोना पो:जेटिभ भएको छ ।

उक्त को:रोना पोजेटिभ व्यक्ति नुवाकोटको फलाटे घर भई तारकेश्वर–९ को बासुकी नागटोलमा बहालमा बसेका हुन् ।

नेपाली सेनाको धुलिखेल व्यारेकमा कार्यरक्त उक्त व्यक्तिको श्रीमती र एउटा बच्चा बासुकी नाग टोलमा बस्दै आएका छन् ।

२ दिन अगाडी परिवारलाई भेट्न तारकेश्वर–९ को बासुकी नागटोलमा आएको र आज उक्त पो:जेटिभ व्यक्तिले परिवारलाई पो:जेटिभ भएको जानकारी गरेको घरधनीले तारकेश्वर आवाजलाई बताउनुभयो ।

घरधनीका अनुसार तारकेश्वर–९ का वडाध्यक्ष बलराम सिटौला र नगर स्वास्थ्य प्रमुख जर्नादन अधिकारीलाई उक्त कुरा जानकारी समेत गराईसकेको बताउनुभयो ।


Your Views
Related News