काठमाडाैं : पूर्वपोर्नस्टार एवम् बडिउड अभिनेत्री सन्नी लियोनीले आफ्नो छोरासहितको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि चर्चा चुलिएको छ । इन्टरनेटमा अहिले उनको बच्चालाई ‘नव प्रवेशी’का रूपमा लिइएको छ । यसअघि नै चर्चित भइसकेका करीना कपूर र सैफ अलि खानका छोरा तैमुर अलिखानसँग लियोनीका छोरा एशेरलाई तुलना गर्न थालेका छन् ।

खान दम्पती डेटमा गएका बेला खिचिएका तैमुरका तस्बिरहरू इन्टरनेटमा धेरै रुचाइएका बच्चाहरूकामध्येका एक हुन् । साहरुख खानका छोरा अबराम खान पनि इन्टरनेटमा निकै चर्चित भए । इन्टरनेटका यी दुई ‘लिटिल स्टार’ बच्चाहरुलाई भविष्यका बलिउड स्टारका रुपमा पनि लिन थालिएको छ ।

पहेलो ड्रेसमा सजिएर छोराको साथमा तस्विर सार्वजनिक गरेपछि लियोनीलाई केही प्रश्नको सामना गर्नुप¥यो । उनको छोरा एशेरलाई तैमुरसँग तुलना गरेर भन्न थालियो कि, ‘यी दुई बच्चाबीच के सम्बन्ध छ र, किन समानता छ ?’

खासगरी इन्टरनेट प्रयोगकर्ताले दुई बच्चाहरूलाई ‘गोलु’ भनेर समानताको तुलना गरेका छन् । हालै एउटा अन्तर्वार्तामा लियानीले भनेकी छिन् ‘सोसल मिडियाले त्यही गर्छ जो, तिनीहरू चाहन्छन्, मेरो विचारमा तैमुर पनि निकै प्यारो बच्चा हो, एशेर पनि निकै मनमोहक छ ।’

यो पनि,
अर्धनग्न बनेर सामाजिक सञ्जालमा किन उत्रिन्छन् नेपाली हिरोइनहरू ?
नेपालमा चलेका र केही फिल्मको तयारीमा रहेका हिरोइनहरू पर्दामा भन्दा सामाजिक सञ्जालमा चल्न थालेका छन् । कुनै खास तर्क वा आर्दशका विषयमा नभएर मस्ती गरेका, घुमेका, नुहाएका वा समुद्री तटमा पुगेका तस्बिरका कारण नेपाली हिरोइनहरू चलिरहेका हुन् ।

कतिपयले भने आफ्ना दैनिकीको सुरुआत, शारिरीक व्यायामलगायतका तस्बिर र अन्तरवार्ताका कारण चलेका छन् भने कतिपय नीजि जीवनलाई बजारीकरण गरिरहेका छन् । यसै सातामा सबैभन्दा बढी चर्चा भयो अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको । उनले इन्डोनेशीयाको बालीमा प्रेमी दिवांश राणासँगका अन्तरंग तस्बिर सार्वजनिक गरिन् । उनका तस्बिर भाइरल भएपछि प्रत्युत्तरमा उनले लेखेकी थिइन्,‘हात्ती चले बजार, कुत्ता भुके हजार ।’ यो प्रतिक्रियाका कारण पनि उनको चर्चा भयो ।

यस्तै अभिनेत्री केकी अधिकारीका जिम सेन्टरका तस्बिरहरूले सञ्जाल तताए । उनका तस्बिरहरू विभिन्न अनलाइन समाचार पोर्टललगायतले व्यापक बनाएका थिए । उता, हङकङमा कार्यक्रमका लागि पुगेकी अभिनेत्री नम्रता सापकोटाको विकिनी तस्बिरले पनि सञ्जाल ततायो । समुद्री तटमा उनी निक्कै मस्ती गरिरहेका तस्बिर सार्वजनिक गर्न उद्दत भइन् ।

केही दिन अघि मात्र अभिनेत्री सुष्मा कार्कीले स्विमिङ पुलमा नुहाएको तस्बिर सामाजिक सञ्जालमा राखिन् । त्यसले पनि बर्षायामको मौसममा सामाजिक सञ्जाल तातो बनायो । उनले पनि खरो प्रतिक्रिया दिँदै लेखिन्,‘अरुको फेसबुकबाट फोटो तानेर कमाई खानेहरू ।’ केही महिनाअघि अभिनेत्री बर्षा राउतको क्लिभेज तस्बिर भाइरल भएको थियो । अस्ट्रेलिया पुगेका बेला उनको त्यो तस्बिर सार्वजनिक भयो । तर, उनले यस विषयमा कुनै खरो प्रतिक्रिया भने दिइनन् ।

मिडियामा चर्चा सेलाउन थालेपछि हिरोइनहरूले यस्तो जुक्ति गर्दै आएको धेरैको बुझाई छ । मिडियाबाट पनि हराउन थालेपछि चर्चा कम हुने र कामका लागि कसैको दृष्टि पर्न नसक्ने आँकलनका आधारमा हिरोइनहरू यस्तो हर्कतमा उत्रिन्छन् । एक निर्माता भन्छन्,‘यो हलिउड र बलिउडका अभिनेत्रीहरूको सिको पनि हो । जसका कारण चर्चामा रहन सकिन्छ भन्ने विश्वास उनीहरूमा पलाउँछ ।’

त्यसो त पर्दामा तत्काल आउने कुनै लालसा नभएका अभिनेत्री पनि सञ्जालमा भने सक्रिय रहेको देखिन्छ । त्यसको उदाहरण हुन् बिहे गरी बेल्जियमतिर बसेकी अभिनेत्री, गरिमा पन्त । पन्त इन्स्टाग्राममा अर्धनग्न तस्बिर राख्ने पहिलो सूचीमा पर्न थालेकी छन् । ‘प्रत्यक्ष नभए पनि परोक्ष हिसाबले पनि आफ्नो चर्चा कम नहोस् भन्ने ठानेर हिरोइनहरूको यस्तो काम जारी रहेको हुनसक्छ’, एक निर्देशक बताउँछन् ।


Your Views
Related News