दक्षिण कोरियामा रहेका नेपालीका लागि एक युवालाई ल्याए यस्तो अवसर

रोजगारीको लागि वा अन्य किसिमले दक्षिण कोरियामा बसोबास गरिरहेका नेपालीका लागि भन्दै एक नेपाली युवाले stories korea कार्यक्रम सञ्चालनमा ल्याएका छन् । नेपालको विराटनगर घर भई हाल दक्षिण कोरियामा काम गरिरहेका राल्फ गिरीले उक्त कार्यक्रम सञ्चालन गरिरहेका हुन् ।

कोरियामा गरेको दुःख, संघर्ष र सफलतालाई भिडियो मार्फत व्यक्त गर्ने प्ल्याटफोर्मको रुपमा संचालन गरिरहेको कार्यक्रम stories korea नामको यु:टुब च्यानलमा सार्वजनिक गर्ने गरिएको राल्फ गिरी बताउँछन् ।

स्टोरी कोरिया
हरेक हप्ता उक्त यु:टुब च्यानलमा एउटा भिडियो अ:पलोड गरिने गरिएको छ । अहिले सम्म ६ जनाले आफ्नो कथा सुनाई सकेका छन् । र त्यसको प्रतिक्रिया पनि राम्रो आइरहेको छ

यो कार्यक्रम कोरियामा कार्यरत नेपालीहरुको दुःख संघर्षलाई व्यक्त गरी अन्य नेपाली हरुले भोगिरहेको दुःख कष्टलाई हल्का गर्नका लागि ल्याएको राल्फको भनाई छ ।

उनी भन्छन्: आफूलाई मात्र दुःख पीडा परेको भन्ने मनोविज्ञानलाई चिर्नको लागि यो कार्यक्रमले सघाउँछ र डिप्रेसनमा परेकाहरूलाई पनि यसले बाहिर ल्याउन सहज पुर्याउँछ। हौशला र उत्प्रेरणा बढाउँछ भन्ने हेतुले यो कार्यक्रम गरिएको हो । यसले सबैको दुःख बराबरी रहेछ र परदेशमा रहेका नेपालीहरुको दुःख साझा हो भन्ने धारणा को विकास गराउँछ । ”

कसले सुनाउन सक्छ त आफ्नो भोगाइको कथा ?

स्टोरी कोरियामा जो सुकैलेपनी आफ्नो कथा सुनाउन सक्ने गिरी बताउँछन् । मेरो कथाले अरूलाई स:कारात्मक संदेश दिन्छ भन्ने लाग्ने जतिले आफ्नो भोगाई सुनाउन सक्नेछन् । जसले अरूलाई पनि उ:त्प्रेरणा मिलोस् ।

कार्यक्रम उत्पादन सहयोगीको खोजी

Sotry कोरिया कार्यक्रम स्पोन्सर अहिले सम्म नभएकाले ईच्छुक हुनु हुनेले कार्यक्रम उत्पादन सहयोग गर्न हुन कार्यक्रम टिमले अनुरोध गरेको छ । अहिले सम्म व्यक्तिगत ख:र्च बाट नै कार्यक्रम चलिरहेको ले स्पोन्सर गर्न चाहनेका लागि आह्वान गरिएको छ । कार्यक्रममा निर्माणमा ई पी एस छिङ्गुको सहयोग रहेको गिरीले बताए ।
यहाँ थिचेर स्टोरी कोरियाको भिडियो हेर्न सकिन्छ।


Your Views
Related News