बामदेव र नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी

शिव
प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार

काठमाडौं, १ भाद्र । नेपाल क:म्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो उपाध्यक्ष बामदेव गौतमलाई बालुवाटारमा बोलाएर छलफल गरे । उनले गौतमलाई सरकारमा बसेर काम गर्न आग्रह गरेको बुझिएको छ ।

पार्टी र सरकारमा मिलेर काम गर्न ओलीले भनेपछि बामदेवले आफू कठिन जि:म्मेवारी स:म्हाल्न तयार रहेको बताएका थिए । गौतमलाई उपप्रधामन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिने ओलीको प्रस्ताव थियो । तर, चु:नाव हारेकाले का:नुनी अ:ड्चन रहेको विषय पनि उठ्यो ।

गौतमलाई राष्ट्रियसभामा मनोनित गरी ल्याउँदा सरकारमा जि:म्मेवारी दिन मिल्ने वा नमिल्नेबारे समेत छलफल भएको थियो । त्यसका लागि ओलीले का:नुन व्य:वसायीसँग प:रामर्श थाल्ने भएका छन् ।

सं:विधानमा चु:नाव हारेको व्यक्ति सरकारमा जान नमिल्ने व्यवस्था छ । प्रधानमन्त्री वा मन्त्री बन्न नपाउने व्यवस्था भएकाले गौतमलाई राष्ट्रियसभा सां:सद बनाएर लान मिल्ने नमिल्नेबार रा:यसुझाव लिने भएका छन् । आफूलाई निकै अ:प्ठ्यारो समयमा गौतमले साथ दिएकाले ओलीले यसपटक गुन तिर्ने बताएका छन् ।

यसैगरी, प्रधामन्त्री ओलीले सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई पनि उ:पप्रधानमन्त्रीसहित महत्वपूर्ण जी:म्मेवारी दिने चाहना राखेका छन् । श्रेष्ठ पनि प्रतिनिधिसभा चु:नावमा गोरखाबाट प:राजित हुन् । उनी पछि राष्ट्रियसभा सदस्यमा नि:र्वाचित भएका थिए । श्रेष्ठको हकमा पनि बा:मदेवलाई जस्तै लागू हुन्छ । सं:विधानले उनलाई पनि मन्त्री बन्नबाट रो:क्ने अवस्था बन्न सक्छ । तर, का:नुनको व्याख्या र सं:वैधानिक व्यवस्थाबारे प:रामर्श गरेर प्रधानमन्त्री ओली अगाडि बढ्ने तयारीमा छन् ।


Your Views
Related News