काठमाडौंमा एकैदिन १६८ जना को:रोना सं:क्रमित थपिए

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार

काठमाडौं, १ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन १ सय ६८ जना को:रोना सं:क्रमित थपिएका छन् । देशभर ५ सय ८१ जनामा को:रोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १६८ जना थपिएसँगै जो:खिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार स:म्मेलनमा प्र:वक्ता डा.जागेश्वर गौतमले ११ हजार ५ सय २० जनाको पि:सीआर परिक्षणमा ५ सय ४१ जनाको रि:र्पोट पो:जेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १६० जना को:रोना सं:क्रमण मु:क्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १७ हजार ४ सय ९५ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १३९ जना र ललितपुरका १५ जना र भक्तपुरका १४ जना रहेका छन् । देशभर कुल सं:क्रमितको सख्या २७ हजार २ सय ४१ पुगेको छ ।


Your Views
Related News