काठमाडौ : सामाजिक सञ्जालमा आइतबारदेखि एउटा तस्बिरको चर्चा छ।कालो मास्क, सेतो टोपी लगाएका एक मानिसले अर्का एक जनाको कपाल खौ,रिएको फोटोमा देखिन्छ।वरपर अरू पनि मानिस छन्, एक जनाले माटोको भाँडा हातमा लिएका छन्। भाँडामा पानी छ जस्तो देखिन्छ।

यो फोटोको वास्तविकता बुझ्न वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा भएको एक घ,टना बुझ्नुपर्ने हुन्छ।शिवनगरका बासिन्दा ५६ वर्षीय लालबाबु कलवारको शनिबार वीरगञ्जस्थित वयोधा अ,स्पतालमा मृ,त्यु भएको थियो।

को,रोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका कलवारको स्वास्थ्यमा समस्या देखिएपछि उ,पचारका लागि परिवारले वीरगञ्जका अधिकांश अ,स्पताल पुर्‍¥याएका थिए। मधुमेहलगायत रोगबाट पी,डित उनको उ,पचार सम्भव भएन, मृत्यु भयो।

‘मृ,त्यु भएकै दिन बिहान ठूलोबुवाको को,रोना रिपोर्ट नेगेटिभ आएको थियो,’ मृ,तकका आफन्त सन्देश जैसवालले सेतोपाटीसँग भने, ‘उहाँका कान्छा छोरासहित हामी आठ जना शव लिएर अ,न्त्येष्टिका लागि घा,ट पुगेका थियौं।’

सन्देशले दिएको जानकारीअनुसार मृ,तकका जेठा छोरा पनि को,रोना सं,क्रमित छन्। आइसोलेसनमा रहेका उनी बुवाको अन्तिम संस्कारका बेला घा,टमा जान पाएनन्।

वीरगञ्जमा को,रोना सं,क्रमण फैलिरहेको र प्रशासनले नेपाली सेनासमेत परिचालन गरी नि,षेधाज्ञालाई क,डाइ गरेकोले आफूहरूले धेरै आफन्त र छिमेकीलाई घ,टनाबारे जानकारी नदिएको सन्देशले जानकारी दिए।

‘को,रोना त्रा,सका बेला धेरैलाई खबर गरिएको थिएन। नजिकका आफन्तहरू आठ जना थियौं,’ उनले भने, ‘हामी घा,टमा पुगेको केही समयपछि वडाध्यक्षलगायत अरू दाजुभाइहरू पनि आउनुभएको थियो।’

मृ,तकका कान्छा छोराको कपाल खौ,रिन ढिलो भएको थियो।

‘यत्तिकैमा एक जना दाइले (जो मुस्लिम हुनुहुन्छ) मैले कपाल खौ,रिदिन मिल्छ भनेर सोध्नुभयो। हात छिटो चल्ने भएकाले काम पनि छिटो हुने भएपछि हामीले हुन्छ भन्यौं,’ सन्देशले भने, ‘उहाँले कपाल खौ,रिएका बेलाको फोटो नै सामाजिक सञ्जालमा भाइरल बनाइएको हो। आफन्त र गाउँलेहरू आएनन् मुस्लिमले अन्तिम संस्कार गरिदिए भन्ने हिसाबले गरिएको प्र,चारमा सत्यता छैन।’

यो धर्मभन्दा पनि मानवीयताको कुरा भएको उनले बताए।

‘हामीलाई दु:ख परेका बेला वडाध्यक्षसहित मुस्लिम दाइभाइहरूले गर्नुभएको सहयोगका लागि हामी कृ,तज्ञ छौं,’ उनले भने, ‘म,लामी जानुभएका सबै मुस्लिम दाजुभाइलाई धन्यवाद दिन चाहन्छौं।’

मृ,तकका आफन्तहरू मलामी गएका थिएनन् भन्ने जसरी गरिएका प्रचारमा सत्यता नरहेको पनि उनको भनाइ छ।

‘हिजोदेखि मेरो ठूलोबुवाको अन्तिम काजको बेला मुस्लिम समुदायका दाजुले कपाल काटिदिनु भएको एउटा फोटो खुब भाइरल भइरहेको छ। राम्रो कार्यको सबैले स,ह्राना गर्नैपर्छ। भाइरल हुनु पनि जरूरी छ। यसले समाजमा सकरात्मक सन्देश पनि दिन्छ,’ उनले भने, ‘तर जुन कुरा भाइरल भइरहेको छ त्यसको भने हामीले सत्यतथ्य बुझ्न जरूरी हुन्छ। फोटोमा देखाइएको मुस्लिम समुदायका दाजुले कपाल काटिदिएकै हो यसकारण हामीले उहाँको प्रशंसा गर्नुपर्छ। हिन्दु परम्पराअनुसार ठाकुर (हजाम) ले कपाल मु,ण्डन गर्ने चलन छ। र ठाकुर नभएको ख,ण्डमा अन्यले मु,ण्डन गरिदिए पनि हुन्छ। यहीअनुसार उहाँको हात छिटो चल्ने भएकोले सहयोग लिइएको हो। तर आफन्त र गाउँले आउन नमानेपछि त्यही टोलका मुस्लिम समुदायका व्यक्ति मिलेर हिन्दु रीतिरिवाजअनुसार दाहसंस्कार गरिएको भ्रामक प्रचार भइरहेको छ यसको हामीले ख,ण्डन गर्नैपर्छ।’

मृ,तकका परिवारका सदस्य, बहिनीज्वाइँ, दुई जना भदाभाइ, मृ,तकका कान्छा छोरा गरी आठ जना आफन्त दाहसंस्कारका लागि घा,टमा पुगेको उनले बताए। मृ,तक कलवारलाई १५ दिनअघि को,रोना देखिएको थियो। उनी वीरगञ्जका स्थानीय व्यापारी हुन्।

‘ठूलोबुवा मधुमेह र मुटुको रो,गी हुनुहुन्थ्यो। हामीले अ,स्पताल भर्ना गर्दा उहाँलाई को,रोनाको मात्रै उ,पचार गरिएछ। त्यसले गर्दा झन् उहाँमा समस्या थपिँदै गयो,’ उनले भने, ‘अ,स्पतालले थप उ,पचारलाई काठमाडौं लैजान भने पनि राति हेलिकप्टर बोलाउन सम्भव नभएर लैजान सकिएन। उहाँमा नि,मोनिया पनि देखिएर सास फेर्न गाह्रो भइरहेको थियो।’

वीरगञ्जका कुनै पनि अ,स्पतालमा आइसियु खाली नभएकोले उ,पचारमा पनि स,मस्या भएको उनले बताए।

‘त्यही दिन को,रोना नेगेटिभ आएकोले पनि हुनुपर्छ वीरगञ्जका अ,स्पतालले उहाँलाई भर्ना लिन मानेनन्,’ उनले भने, ‘बिएचसी अ,स्पतालबाट वयोधा अ,स्पतालमा बल्लबल्ल सार्‍यौं तर उहाँको उ,पचार सम्भव भएन। भेन्टिलेटर पनि खालि रहेनछ।’

भर्खरै को,रोना नेगेटिभ आएकोले त्रा,सले पनि गाउँलेहरू भने धेरै संख्यामा मलामी नआएको हुनसक्ने उनले अनुमान गरे।

‘समाज र आफन्तलाई बदनाम गर्ने गरी प्रचार गरिनु हुन्न,’ उनले भने।

दा,हसंस्कारमा समन्वयको काम गरेका वीरगञ्ज महानगर १३ का वडाध्यक्ष तुफान फारूक अन्सारीले कलवारको नि,धनको खबरसँगै आफू घा,टमा पुगेको जानकारी दिए।

‘गाउँका मानिस म,लामी आएनन् रे भन्ने सुनेर म घा,टमा पुगेको हुँ,’ उनले सेतोपाटीसँग भने, ‘छिमेकी आए/आएनन् भन्ने त मलाई थाहा भएन नै। एउटै वडाका मानिस र परिवारमा परेको दु:ख भएकोले म घा,ट पुगेको हो।’

आफूले हिन्दु मुस्लिमबीच राम्रो सद्भाव होस् भन्ने चाहे पनि कसैले वि,रोध र केहीले समर्थन फेसबुकमा फोटो राखेको पनि बताए।

‘मैले समन्वय मात्रै गरेको हुँ,’ उनले भने, ‘उहाँहरूकै संस्कारअनुसार अन्त्येष्टि गरिएको हो।’स्रोत सेतोपाटि


Your Views
Related News