काठमाडौँ । एकाएक हिट भएको प्रकाश सपूतको लोकगीत ‘गलबन्दीको विवाद’अन्ततः ४ बुँदे सहमतिपछि सेलाएको छ ।
‘गलबन्दी विवाद’ले गायक सपुतलाई भन्दा गीत चोरीको आरोप लगाउँने शम्भु राईलाई एकाएक चर्चामा ल्यायो । आफ्नो गीत ‘हुबहु’ नयाँ बनाएर निकालियो भनेर न्याय पाउन भन्दै जानुपर्ने ठाउँ उनले सायदै बाँकी राखे होलान् ।
उनी कलाकारको सिर्जना चोरियो भनेर प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा प्रकाश सपुतसँग ४ बुँदे सहमति गराएरै छाडे । साङ्गीतिक क्षेत्रमा यो घटनाले धेरै नयाँ सर्जकलाई सजग गरायो भने पुराना कलाकारको सिर्जनाको उच्च मूल्याङ्कन समेत भयो ।
‘गलबन्दी विवाद’ टुङ्गिएपनि सङ्गीत क्षेत्रमा अहिले ‘सङ्गीत चोरी’बारे एउटा बहसनै सिर्जना भएको छ । पछिल्लो समय जो प्रतिलिपि अधिकारको लागि लडे उनै सङ्गीतर राई ‘चोर’ रहेको कुरा बाहिर आएको छ ।
शम्भु राईमाथि सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले स्वरसम्राट नारायणगोपालको गीतबाट चोरी गरेर गीत सिर्जना गरेको आरोप लगाएका छन ।
राईले स्वर दिएको गीत ‘कहिलेमा काहीँ रमाइलो हुन्छ’ बोलको गीत नारायणगोपालको गीत ‘आजै र राती के देखेँ सपना’ गीतमा समावेश ‘मर्स्याङ्दी नदी नरमाइलो सुसाइरहेको’ को लयसँग मिलेको भनिएको छ ।
यस्तै,पछिल्लो समय निकै चर्चित एवं मौलिक सिर्जनामा अब्बल जनवादी गायक जीवन शर्माको निक्कै पुरानो गीत चोरेर शम्भु राईले भैलोको गीतमा हुबहु समावेश गरेको आरोप सामाजिक सञ्जालमा चर्चामा छ ।
४८ सालमा रेकर्ड भई म्युजिक नेपालबाट सार्वजनिक भएको जीवन शर्माको ‘सुनबुट्टे रेसमी चोली ल्याउन पाइन’ बोलको गीतसँग शम्भु राईको देउसी भैलो गीतको ‘आउ नाचौँ साथी हो’ ठ्याक्कै मिलेको एक सर्जकले ईहुलाकीलाई बताएका छन । राईको २०७१ भदौ १५ गते म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको देखिन्छ ।
जीवन शर्माको ‘सुनबुट्टे रेसमी
चोली ल्याउन पाइन’ बोलको गीत ४९ सालमा रक्तिम जनगीती यात्रा पुस्तकमा समेत प्रकाशित भएको छ ।
‘गलबन्दी’ गीतको विवाद भने ४ बुदे सहमति गरेर टुंगाइएको छ । प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा छलफल गरेर युटुबमा ‘गलबन्दी’ बोलको गीतको सङ्गीत सिर्जनामा शम्भु राईको नाम समावेश हुने भयो ।
पुनः सङ्गीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुने भयो । तर जीवन शर्माको विभिन्न गीतहरू चोरिएको भन्ने कुराहरू बाहिर आइरहँदा यो विषयमा कुनै छलफल नभएको गतिशील पत्रकार संघ नेपालका अध्यक्ष तथा रक्तिम सांस्कृतिक अभियानका अभियन्ता नारायण शर्माले ईहुलाकीलाई बताए ।
शम्भु राईको ‘देउसी भैलो’ गीतमा रहेको ‘आऊ नाचौ साथी हो कम्मर कसेर, दुई दिनको जिन्दगी बिताऊँ हाँसेर’, लयमा प्रकाश सपुतको गलबन्दी बोलको गीतको ‘गलबन्दी/पछ्यौरी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर’, भन्ने अंशका लय मिल्न गएको निचोड निकालियो । तर, हुबहु मिलेका जीवन शर्माका भाकाहरुका विषयमा कुनै बहस नभएको उनकाे भनाइ छ ।
‘गलबन्दी’ गीतको विवादमा भएको ४ बुँदे सहमति जस्ताको त्यस्तै
जीवन शर्माको गीत चोरिएको सम्बन्धमाप्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष तथा रक्तिम सांस्कृतिक अभियानका अभियन्ता नारायण शर्माले एक लेख समेत प्रकाशित गरेर थप स्पष्ट पारेका छन ।
नारायण प्रसाद शर्माले ईहुलाकी संग कुरागर्दै जीवन शर्माको धेरै गीतहरु चोरीभएको बताएका हुन ।
४९ सालमा रक्तिम जनगीती यात्रा पुस्तकमा समेत प्रकाशित भएको गीत शम्भु राईले भैलोको गीतमा चोरेको उनको आरोप छ । उनले आफ्नो लेखमा समेत उक्त कुरा खुलाएका छन ।