ने,कपाको महाधिवेशनमा चुनाव नहुने, केन्द्रीय क,मिटि नेताले गठन गर्ने
७ भाद्र २०७७, आईतवार ०९:०२
काठमाडौं । सत्तारुढ दल ने,कपाको महाधिवेशनमा चुनाव नहुने भएको छ । पार्टी एकिकरणपछिको पहिलो महाधिवेशन भएकाले चु,नाव नगर्ने सहमती भएको नेताहरुले बताएका छन् ।

महाधिवेशनमा चुनाव नगर्ने सहमती पार्टी एकताकै बेलामा भएको ने,कपाका महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । पत्रकार ऋषी धमलासंगको कुराकानीमा उहाँले भन्नुभयो, “ने,कपाको महाधिवेशन आगामी चैतमा हुन्छ, त्यो सहमतीको म,हाधिवेशन हुनेछ ।”

उहाँले महाधिवेशनमा ने,तृत्व चयनका लागि निर्वाचन नहुने र सहमतीकै आधारमा केन्द्रीय क,मिटि ग,ठन हुने पनि स्पष्ट पार्नुभयो । उहाँको भनाई अनुसार ने,कपाको आगामी केन्द्रीय क,मिटि पनि शिर्ष नेताहरुले भागबण्डाका आधारमा बनाउने भएका छन् ।

पार्टी भित्रको वि,वाद स,माधानका लागि खाका तयार पार्न गठित कार्यदलका संयोजक समेत रहनु भएका पौडेलले केन्द्रीय मन्त्री र मुख्यमन्त्रीहरु परिवर्तन गर्ने, उच्चस्तरीय संयन्त्र बनाउनेलगायतका विषय प्र,तिवेदनमा नरहेको स्प,ष्ट पार्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष र प्रधानमन्त्री पदबाट रा,जीनामा दिने विषय पार्टीको औपचारिक एजेण्डा कहिल्यै नबनेकाले छलफलको आवश्यकता नै नभएको तर्क गर्दै उहाँ दुवै पदमा य,थावत रहने बताउनुभयो ।


Your Views
Related News