एजेन्सी, १२ साउन । केवल ६ बर्षकी बालिकाले आफ्नै कमाइले लाखौँ डलर पर्ने घर किनेकी छन् भन्दा तपाइँलाई पत्यार नलाग्न सक्छ तर यो सत्य हो ।

दक्षिण कोरियाकी ६ वर्षीया युट्युब स्टारले लाखौँ डलर पर्ने एक पाँच तले घर खरिद गरेकी हुन् ।

३ करोड सब्सक्राइबर भएकी बोरामले अभिभावकद्वारा खडा गरिएको बोराम फेमली कम्पनीमार्फत् सो घर खरिद गरेको बताइएको छ ।

सियोलको आधुनिक उपनगर गङ्नामस्थित उक्त घरको मूल्य ९ अर्ब ५० करोड कोरियन वन (८० लाख अमेरिकी डलर) रहेको बताइएको छ ।

बोरामका दुईवटा चर्चित यु ट्युव अकान्टमध्ये उनलाई टोइ रिभ्यू च्यानलमा १ करोड ६० लाखले नियमित हेर्दै आएका छन् भने अर्को भिडियो ब्लग अकाउन्टको प्रयोग गर्नेहरु १ करोड ७६ लाख छन् ।

बोरमले बनाएका भिडियो क्लिपमध्ये भन्सामा प्लास्टिकको खेलौना प्रयोग गरेर बनाइएको तयारी चाउचाउ र त्यसपछि उत्साहपूर्वक खाइरहेको दृष्यलाई सबैभन्दा बढी हेरिएको थियो । जुन ३७ करोड ६० लाखले हेरेका थिए ।


Your Views
Related News