गएको साता अभिनेत्री पूजा शर्माले एक सिनेमाका लागि २० लाख रूपैयाँ पारिश्रमिक लिएको खबरले चर्चा पायो। पूजाले त्यसको घूमाउरो पारामा स्टाटस लेख्दै पछि बचाउ गरिन्। त्यो भन्दा अगाडि उनले ‘पोइ पर्‍यो काले’का लागि पनि २० लाख नै पारिश्रमिक लिएको खबर नआएको होइन।

त्यस्तै पूजाको मात्र होइन अर्की अभिनेत्री सुष्मा कार्कीले पनि ‘फटाहा फणिन्द्रे’का लागि १० लाख पारिश्रमिक लिएको खबर सार्वजनिक भएको थियो। त्यसअगाडि साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘रातो टिका निधारमा’मा सिनेमाको लागि १५-१६ लाखको हाराहारीमा पारिश्रमिक लिएको सार्वजनिक नभएको होइन।

अब अभिनेत्रीहरूको यसरी सार्वजनिक भएको पारिश्रमिकको ग्राफमा शंका गर्नेहरू धेरै छन्। यसबारेमा विभिन्न व्यक्तिहरूले प्रतिक्रिया जनाएका छन्। तर यसरी बाहिरिएको खबरमा अभिनेता तथा निर्माता दीपकराज गिरीले पनि आफ्नो धारणा राखेका छन्। उनले फेसबुकमा स्टाटस राख्दै आफ्नो धारणामा राखेका हुन्।

हाम्रो देशमा कुन कलाकारले बढि पारिश्रमिक लियो त्यो न्यूज हुन्छ

विदेशतिर यो बर्ष कुन कलाकारले बढि ट्याक्स तिर्यो त्यो न्यूज हुन्छ….

“फरक”

उनले फेसबुकमा लेखेका छन्।


Your Views
Related News