काठमाडौँ, १२ साउन । आइसिसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत आइतबार भएको निर्णायक खेलमा आयोजक सिंगापुरसँग ८२ रनले पराजित भएपछि नेपाल तेस्रो स्थानमै सीमित बन्यो । यो सँगै नेपालले २०२० को विश्वकप खेल्न पाउने सम्भावना समाप्त भएको छ ।सिंगापुरले दिएको १९२ रनको विशाल लक्ष्य पच्छ्याएको नेपाल १०९ रनमै अलआउट भएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९१ रन बनाएको थियो ।सिंगापुरका लागि टिम डेभिडले ७७, रोहन रंगराजनले ४९ र मनप्रित सिंहले ४२ रन बनाए ।
नेपालका लागि अविनाश बोहराले ४ र करण केसीले २ विकेट लिए ।१९२ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपाल १५ ओभरमा १०९ रनमै अलआउट भयो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ३९, दिपेन्द्रसिंह ऐरीले २३, पारस खड्काले १२ र सोमपाल कामीले ११ रन बनाए । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।यसैबीच सिंगापुरसंग नराम्रो हार बेहोरेर दुखी भएको नेपाली टिमलाई लगाइसकेको उपविजेताको मेडल खोसिदा थप दुखि र लज्जित हुनु पर्यो । प्रतियोगिता सकिएपछि समापन समारोहमा सिंगापुर क्रिकेट एसोसियसनले नेपाललाई उपविजेता भनेर लगाइदिएको पदक फिर्ता गरेको हो ।समान अंक ४ – ४ भएपछि रन रेटका आधारमा कतारले साे उपाधी आफ्नो टिमले पाउनपर्ने दाबी गरेपछि आयोजकले आफ्नो भनाई सँच्याएर पूनः कतारलाई नै उपविजेता घोषणा गर्यो ।अन्तमा नेपाली टिमका म्यानेजर रमन सिवाकोटीले नेपाली खेलाडीहरुबाट लगाइसकेको मेडल बटुलेर आयोजकलाई दिएका थिए । आयोजकले सो मेडल कतार क्रिकेट संघका पदाधिकारीलाई हस्तान्तरण गरेका छन् ।यसरी टुंगिएको नेपालको विश्वकप यात्राका केहि रोचक तस्बिरहरु तल हेर्नुहोस्


Your Views
Related News