एकः २०५२ सालमा माओवादीले थालेको ‘जनयुद्ध’को लक्ष्य हिंसाको बलबाट जननिर्वाचित सरकार हटाएर जनवादी सत्ता स्थापना गर्ने थियो । त्यो त्यही बेला थियो, जतिबेला नेपालको सबभन्दा ठूलो कम्युनिस्ट पार्टी नेकपा (एमाले)ले भर्खर पाँचौं अधिवेशन (२०४९) बाट संसदीय व्यवस्थालाई स्वीकार गरेर प्रतिस्पर्धात्मक राजनीतिको बाटोबाट लाग्ने नीति तथा कार्यक्रम लागू गर्ने औपचारिक निर्णय गरेको थियो ।

२०७४ साल अर्थात करिब २२ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले करिब त्यही कुरा स्वीकार गर्‍यो, जुन एमालेले २०४९ सालमा स्वीकार गरेको थियो । अहिले नेकपामा सिद्धान्त (जनताको बहुदलीय जनवाद, २१ औं शताब्दीको जनवाद)बारे जेजस्तो गुटगत विवाद रहेपनि (जस्तो- स्कुल विभाग कसले लिने ?) त्यसमा कार्यकर्ता अलमल्याउने गन्थनबाहेक आधारभूत सैद्धान्तिक कुरा छैन । तत्कालीन नेकपा (माओवादी)ले एमालेको त्यो आधारभूत लाइनलाई स्वीकार गरेकै छ ।


Your Views
Related News