सम्माननिय: पुर्ब प्रधानमन्त्री तथा नेकपा को अध्यक्ष पुस्पकल दाहाल प्रचण्ड ज्यु,

आम नेपाली आमाका छोराछोरि लाइ परिबर्तन को ठुलो सपना देखाएर १० बर्षे जनयुद्धमा कापि कलम बोक्ने कलिला हात हरुमा जबर्जस्ती अन्तरास्ट्रिय कानुन बिपरित बन्दुक बोकाएर लड्नु सिकाउनु भयो,
ति बालक हरुको के दोश थियो? लड्नु लगाउनु भयो लड्यो, सेना समायोजन र शान्ती प्रकृयाको नाम मा अस्थाइ माओबादी सिबिरमा कथित बिदेशी (UN) लाइ बोलाएर प्रमाणी करण गर्नु लगाउनु भयो प्रचण्ड ज्यु आफ्नो मुलुकको समस्या समाधान गर्ने दाइत्यो यहि राज्यको होइनर? किन बिदेशी लाइ गुहार्नु भयो जाबो सेना समायोजन को प्रकृयालाइ टुङ्गाउन?

कि २०५२ सालको जनयुद्ध थालनी गर्दा? ति बिदेशी हरुकै इसारामा उहाहरुकै आदेशमा गर्नु भएको त होइन? यदि उनि हरुकै परिचालन मा आदेश मा भएको जनयुद्ध थियो भने किन ४००९ जना बालबालिका लाइ योग्य देख्नु भयो र लडाउनु ? शान्ती प्रकृया मा आइसके पछि तपाइ लाइ प्रधानमन्त्री को कुर्सी सम्म नपुराउन्जेल सम्म योग्य देख्नु भयो भने, तपाइलाइ कुर्शी सम्म पुराइ सकेपछी कसरी अयोग्य देख्नु भयो? यति मात्रै होइन १७ हजार सहिद भएका छन् भने १२ हजार अङ्गभङ्ग भएका छन् हजारौको संख्या मा बेपत्ता भएका छन् खोइ इ समस्या को समाधान गर्नु भएको?

१७ हजार सहिद को रगत र पसिना माथी होलि खेल्दै (१२ हजारौ लाइ घाइते बनाउनु भयो हजारौलाइ बेपत्ता पार्नु भयो यो खोइ सहिद परिवार को सपना लाइ पुरा गर्न सक्नु भएको? खोइ घाइते अपांग भएका योद्धा हरुलाइ सहि ढंगले उपचार गरि समाज मा बेबस्थापन गर्नु सक्नु भएको? खोइ हजारौ बेपत्त हरुको छानबिन गरि सत्यतथ्य विवरण सार्बजनिज गर्नु सक्नु भएको?
अब तपाइ जस्ता गद्वार नेता संग हामिले के अपेक्षा गर्ने? तपाइहरु बाट हाम्रो गुमेको अधिकार सजिलै नपाउने भैसके पछि कानुनी बाटो लाइ प्रयोग गरेर
हामिआफ्नो अधिकार को लागी लडिरहदा आज आएर तपाइको नजरमा हामीलाइ प्रतिकृयाबादी शान्ती बिरोधी, परिबर्तन बिरोधी देख्नु भयो तपाइको आँखा कमजोर भएको रहेछ राम्रो सँग चेकअप गरेर चस्मा लगाउनु होला प्रचण्ड ज्यु सिघ्रस्वस्थ्य लाभको कामना पनि गर्दछु।

यो मुलुक को एउटा जिम्मेवार पथमा बसिरहदा मनलाग्दी बोल्दै बस्ने कि अधुरो शान्ती प्रकृया पुरा गर्ने काम तिर अगाडी बढ्ने? यो बिषय नेपाल बाटै हल नगरे तपाइ लाइ ३ महिना भित्र अन्तरास्ट्रिय अदालत हेक लगेरै छोड्छौ कुनै पनि हालत हामी माथी भएको अन्याय को बिरुद्धमा कानुनी लडाइ लडेर हाम्रो अधिकार सुनिश्चित गरेरै छाड्छौ कसैले रोकेर रोक्नु सक्दैन, प्रचण्ड ज्यु तपाइ भ्रममा नपर्नुस हामी कसैको परिचालनमा अगाडी बढेका छैनौ,हामी आफ्नै गुमेको अधिकार खोजी रहेका छौ हामिहरुलाइ अधिकार बाट बन्चित गराउनु भएको छ। भने त्यही अधिकार सुनिश्चित गर्नुको निम्ती लडिरहेका छौ।

अझै पनि केहि बिकृयको भत्किएको छैन यो समस्या समाधान गर्न ४ वटा महत्त्वपूर्ण सुझाब दिनु चाहान्छु प्रचण्ड ज्यु
(१) यो समाधान नेपालबाटै गर्ने हो भने तपाइहरु गम्भिर जिम्मेवार बन्नुस।(२) कुनै छलछाम सणेन्त्र नगरी जाहेज माग सम्बोधन गर्न बार्ता को तयारी गरि समाधान गर्ने बाटो तय गर्नुहोस।(३)हामी आफ्नो गुमेको अधिकार मागेर शान्तिपुर्ण ढंगले कानुनी लडाइ लडिरहदा तपाइ ले हामी माथी लगाएको आरोप प्रतिआरोप सबै झुट हो यो झुटको खेती गर्न बन्द गर्नुहोस।(४)हामिलाइ यहि मुलुक बाट न्याय पाउने गरि ग्यारेन्टी गरिदिनुस हामी बार्ता मा बस्न तयार छौ।

बहिर्गमित जनमुक्ती सेना नेपाल केन्द्रीय संघर्ष समिती
उपाध्यक्ष: राजन थापा( सुवास)


Your Views
Related News