प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने भएका छन् । प्रधानमन्त्री ओली साउन १८ गते सिंगापुर जाँदैछन् । ओली ७ दिनका लागि नीजि उपचारका क्रममा सिंगापुर जान लागेका हुन् ।

त्यस्तै नेकपाकै अर्का अध्यक्ष प्रचण्ड भने मंगलबार दुवई भ्रमणमा जाने भएका छन् । अध्यक्ष दाहाल परिवारसहित दुवई भ्रमणमा जान लागेका हुन् । अध्यक्ष प्रचण्डको दुवई भ्रमणको उद्वेश्य घुमघाम रहेको उनीनिकट श्रोतले जनाएको छ ।

केही समयदेखि चल्दै आएको पार्टी सचिवालयको बैठक स्थगित गरेर दुई अध्यक्ष विदेश भ्रमणमा जान लागेका हुन् ।


Your Views
Related News