आफ्नो लागि सडकमा आउनेलाई कुलमानले यस्तो भने (हेर्नुहोस भिडियो)

नेपाल वि`द्युत प्रा`धिकरणको कार्यकारी प्रमुखबाट गत मंगलबार वि´दा भएका कुलमान घिसिङको पुन नियुक्तिको माग गर्दै जनताहरु सडकमा निस्केका छन् । बुधबार राजधानीको विभिन्न स्थानमा घिसिङको पुन नियुक्ति माग गर्दै समर्थकहरु सडकमा उ´त्रिका हुन् ।

कुलमान घिसिङले एक अन्त´र्वातामा एकजना कर्मचारीको लागि सडकमा नआउन अनु´रोध गरेका छन् । आफू प्रा´धिकरणबाट बाहिरै रहेर पनि सहयोग गर्ने पनि बताउनु भयो । २०७३ साल भाद्र २९ गते प्राधिकरणको निर्देशकमा नियुक्ति भएका घिसिङको २ अघि ४ बर्षे कार्यकाल सकिएको हो ।

अन्य समाचार: नेपाल वि´द्युत प्रा´धिकरणको प्रमुख कार्यकारी निर्देशकमा को नियुक्त हुने भन्ने विषयले अहिले सडक तथा सामाजिक स´ञ्जाल भरिएका छन् । कार्यकाल सकिएर बिदा भएका कुलमान घिसिङ नै दोहोरिने सं´केत ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले दिएको छ ।

बिहीबार उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन अनन्तका स्व´कीय स´चिव दुर्गा चापागाईंले यस विषयमा सामाजिक सञ्जालमा लेख्दै प्राधि´करणमा कुलमान नै दोहोरिने सम्भा´वना जीवत नै रहेको बताउनुभएको छ ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रीका स्व´किय स´चिव चापागाईंका अनुसार मन्त्रालयको तर्फबाट प्रस्ताव तयार गरेर मन्त्रिपरिषद्को कार्यालयमा दर्ता भइसकेको छ । यसबारे मन्त्री वर्षमान पुनले घिसिङ नै दोहोरिने सम्भावना जी´वितै रहेको बताउनुभएको छ ।

घिसिङलाई निरन्तरता दिनका लागि प्रधानमन्त्री केपी ओली र ने´कपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेर मन्त्री पुनले गत आईतबार नै प्रस्ता´व अगाडि बढाइसकेको उहाँको भनाइ छ ।

‘उहाँहरु दुवैजनासँग स´ल्लाहा गरेरआईतबार नै मन्त्रालयले निरन्तरताका लागि प्र´कृया पूरा गरिसकेको थियो । सोमबारको बैठकमा यसबारेमा प्रधानमन्त्रीज्यूले केही चर्चा गर्नुभएपनि प्रस्ता´वको रुपमा आएन,’ मन्त्री पुनले भन्नुभएकाे छ, ‘मन्त्रिपरिषदमा दर्ता भएको ऊर्जा मन्त्रालयको प्र´स्ताव विचाराधीन छ । अध्ययनका लागि प्रधानमन्त्रीज्यूले केही समय लिनुभएको पनि हुन सक्छ । अहिले पनि प्रा´धिकरणमा कुलमानको पुनःनियुक्तिको सम्भावना जी´वितै छ ।’

घिसिङको निरन्तरताका लागि प्र´स्ताव तयार गरेर सोमबार अबेर विद्यु´तीय माध्यमबाट तथा हाल हार्ड कपी समेत मन्त्रिपरिषदको कार्यालयमा दर्ता गराइसकेको जनाइएकाे छ ।

भिडियो हेर्नुहोस् :


Your Views
Related News